राष्ट्रिय खुल्ला हाफ म्याराथनमा नागेश्वर अहिर प्रथम, सन्तोष नाथ योगी द्वितीय
२०८३-०३-२२
- A
- A-
- A+
जनकपुर, असार २१ — मधेश खेलकुद परिषद्को आयोजनामा २०८३ असार २१ गते जनकपुरमा सम्पन्न "राष्ट्रिय खुल्ला हाफ म्याराथन प्रतियोगिता २०८३" (२१ किलोमिटर) मा नागेश्वर अहिर प्रथम भएका छन्।
अहिरले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ९ मिनेटमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। त्यसैगरी सन्तोष नाथ योगीले उक्त दूरी १ घण्टा १० मिनेटमा पूरा गर्दै द्वितीय स्थान प्राप्त गरे।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो र दोस्रो स्थान हासिल गर्न सफल दुवै खेलाडीलाई आयोजक तथा खेलप्रेमीहरूले हार्दिक बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेका छन्।