"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८२-०२-२३
- A
- A-
- A+

नेपाल सरकार गृहमन्त्रालय (माननीय गृहमन्त्रीस्तर) को मिति २०८२/०२/१६ गतेको निर्णयअनुसार र नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७२८७, मिति २०८२/०२/१६ गतेको पत्रले नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्साल, काठमाण्डौमा सरूवा भई जान लाग्नु भएका प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीज्यूलाई आज मिति २०८२/०२/२३ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो ।