"Strategic Command and Management (SCM) (प्र.ना.म.नि./प्र.व.उ.) तालिम" पाचौं समूहको समुद्घाटन कार्यक्रम सम्पन्न
२०८२-०२-२५
- A
- A-
- A+

नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिपेन्द्र जि.सी.ज्यूको प्रमुख आतिथ्यमा आज मिति २०८२/०२/२५ गते यस प्रतिष्ठानमा सञ्चालित Strategic Command and Management (SCM) (प्र.ना.म.नि./प्र.व.उ.) तालिम पाचौं समूहको समुद्घाटन कार्यक्रम सम्पन्न हुनुका साथै तालिम संयोजक समेत रहनु भएका निर्देशकज्यूले तालिम सम्बन्धी संक्षिप्त परिचय (Course Introduction) समेत प्रस्तुत गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रमलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रमुख अतिथिज्यूले नेपाल प्रहरीको रणनीतिक नेतृत्व तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने यस तालिमलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने महत्वपूर्ण जिम्मेवार प्राप्त Centre for Excellence यस प्रतिष्ठानले तालिम पाठ्यक्रमले तोकेको मापदण्डमा रही तालिमलाई पूर्णतया गुणस्तरीय, नतिजामुखी र प्रभावकारी बनाउन हरदम प्रयासरत रहेको साथै प्रशिक्षार्थीहरूलाई यस प्रतिष्ठानको Ground Rules & Regulations भित्र रहेर उच्चतम उत्साहजनक र सहभागीतामुलक तबरले तालिममा सहभागी भई तालिम सफलतापूर्वक सम्पन्न गर्न समेत शुभकामना प्रदान गर्नु भयो ।