प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम ३९ औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न

२०८२-०२-२५

  • A
  • A-
  • A+
Share

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम ३९ औं समूहको आज मिति २०८२/०२/२५ गते नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिपेन्द्र जि.सी.ज्यूको प्रमूख आतिथ्यतामा तालिमको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी उपरीक्षक नवराज कार्कीले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

सम्बन्धित समाचार
"जुडो आधारभूत तालिम" ८८ औं समूहको दीक्षान्त कार्यक्रम सम्पन्न"
२०८२-०७-२५

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन भएको १५६ कार्यदिन अवधिको "जुडो आधारभूत तालिम" ८८ औं समूहको यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमूख आतिथ्यतामा आज मिति २०८२/०७/२५ गते दीक्षान्त कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूद्वारा बेसिक प्रदर्शन मायामोरी तथा टोवी विशेष प्रदर्शन एकल तथा सामुहिक आत्मरक्षाकला प्रदर्शन र झण्डा सहितको पिरामिड प्रदर्शन समेत भएको थियो भने  प्रमुख अतिथिज्यूले दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, "Black Belt"(1st Dan) प्रदान गर्नुका साथै सर्वप्रथम, द्वितीय र तृतीय हुने प्रशिक्षार्थीहरूलाई "Memento" समेत वितरण गर्नु भएको थियो । कार्यकारी निर्देशकज्यूले दिक्षित भई जाने प्रशिक्षार्थीहरूलाई जुडो तालिममा सिकाइएका कला-कौशल, व्यक्तिगत सुरक्षा, आत्मरक्षा, प्रहरी कार्य, अपराध अनुसन्धान रोकथाम लगायतका अन्य घटना हुने क्षेत्रहरूमा समेत नतिजामुखी प्रतिफल प्राप्त हुनेछ भन्ने विषयमा प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत अधिकारीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकज्यूको विदाई कार्यक्रम सम्पन्न
२०८२-०५-१८

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् सुदिप गिरिज्यूको आज मिति २०८२।०५।१८ गतेबाट ३० वर्षे सेवा अवधी पुरा गरी सेवाबाट अनिवार्य अवकाश हुनलाग्नु भएकोले आज यस प्रतिष्ठानमा औपचारिक कार्यक्रम आयोजना गरी विदाई कार्यक्रम सम्पन्न गरिएको छ । विदाई कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दिपेन्द्र जि.सी.ज्यूले विदाई भई जानुहुने प्रहरी अतिरिक्त महानिरीक्षकज्यूलाई प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गरी शुभकामना समेत मन्तव्य व्यक्त गर्नु भएको थियो, मन्तव्य राख्ने क्रममा समाजमा अपराध नियन्त्रण गर्ने, अपराधको प्रभावकारी अनुसन्धान गरी शान्ति सु-व्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको यस पवित्र संगठनमा सेवा गर्न पाउनु नै एउटा नागरिकको लागि गर्वको कुरा हो, त्यसमा पनि करिब ३० बर्ष अविछिन्न सेवा गरी नेपाल प्रहरीका बिभिन्न प्रहरी इकाईहरुमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरी प्रहरी जीवनबाट स-सम्मान अवकास हुन लाग्नु भएकोमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूलाई हार्दिक बधाई दिंदै उहाँको भावि जीवनको उत्तरोत्तर प्रगतीको लागि शुभकामना समेत व्यक्त गर्नु भयो । यसै गरी उहाँलाई पेशागत जीवनमा सफल बनाउन सदैव साथ दिई हौसला प्रदान गरिरहनुहुने उहाँकी धर्मपत्नी कल्पना गिरीज्यूलाई समेत हार्दिक धन्यवाद तथा शुभकामना दिनु भयो ।विदाई मन्तव्य राख्ने क्रममा अवकाश हुनुहुने प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूले आफुले नेपाल प्रहरीको सदस्य भई निरन्तर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सेवा गर्ने अवसर पाएकोमा ज्यादै गौरवान्भित भएको महशुस गरेको र जीवन सफल भएको कुरा व्यक्त गर्दै आफ्ना मातापिता, परिवारजन, नेपाल सरकार, तालुक कार्यालयहरु, नेपाली नागरिक, नेपाल प्रहरी संगठन, प्रत्यक्ष परोक्ष साथ सहयोग गर्नुहुने सबै महानुभावहरुको स्मरण गर्दै सबै प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नु भयो । मन्तव्य राख्ने क्रममा उहाँले एक पटक प्रहरीको पहिचान बनाए पछि बाचुञ्जेल हाम्रो परिचय प्रहरीकै रुपमा रहने भएकोले यस पहिचानलाई बाँचुञ्जेल अक्षुण्ण राख्ने आफूले प्रण गरेको कुरा समेत व्यक्त गर्नु भयो ।उक्त कार्यक्रममा प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्षज्यू, PGDPS कार्यक्रमका सल्लाहाकारज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक तथा नेपाल पुलिस स्टाफ कलेजका निर्देशकज्यू, नेपाल प्रहरी शिक्षालय, भरतपुरका समादेशकज्यू, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्यज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू, लगायतका प्रतिष्ठानका प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।