“विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम” ३४ औं समूहको दीक्षान्त समारोह सम्पन्न
२०८२-०२-२७
- A
- A-
- A+

आज मिति २०८२/०२/२७ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा दीक्षित भई जाने जुनियर प्रहरी अधिकृतहरुलाई प्रशिक्षणको क्रममा प्राप्त गरेका ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरस पालना गरी विशिष्ट व्यक्तिको सुरक्षामा खटिनु पर्ने कुरामा जोड दिदै प्रमुख अतिथिज्यूले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नु भएको थियो । साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक राजु पाण्डेले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।