“Strategic Command and Management (SCM) (DIGP/SSP) Training” पाचौं समूहको समापन कार्यक्रम सम्पन्न
२०८२-०३-१६
- A
- A-
- A+

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८२/०२/२५ गते देखि सञ्चालन भएको २० कार्यदिन अवधिको “Strategic Command and Management (SCM) (DIGP/SSP) Training” पाचौं समूहको ने.प्र.प्र.का. मानवश्रोत विकास विभाग प्रमुख श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८२/०३/१६ गते तालिम समापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ति क्षेत्रीज्यूले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।