प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकज्यूको विदाई कार्यक्रम सम्पन्न

२०८२-०५-१८

  • A
  • A-
  • A+
Share

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् सुदिप गिरिज्यूको आज मिति २०८२।०५।१८ गतेबाट ३० वर्षे सेवा अवधी पुरा गरी सेवाबाट अनिवार्य अवकाश हुनलाग्नु भएकोले आज यस प्रतिष्ठानमा औपचारिक कार्यक्रम आयोजना गरी विदाई कार्यक्रम सम्पन्न गरिएको छ । विदाई कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दिपेन्द्र जि.सी.ज्यूले विदाई भई जानुहुने प्रहरी अतिरिक्त महानिरीक्षकज्यूलाई प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गरी शुभकामना समेत मन्तव्य व्यक्त गर्नु भएको थियो, मन्तव्य राख्ने क्रममा समाजमा अपराध नियन्त्रण गर्ने, अपराधको प्रभावकारी अनुसन्धान गरी शान्ति सु-व्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको यस पवित्र संगठनमा सेवा गर्न पाउनु नै एउटा नागरिकको लागि गर्वको कुरा हो, त्यसमा पनि करिब ३० बर्ष अविछिन्न सेवा गरी नेपाल प्रहरीका बिभिन्न प्रहरी इकाईहरुमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरी प्रहरी जीवनबाट स-सम्मान अवकास हुन लाग्नु भएकोमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूलाई हार्दिक बधाई दिंदै उहाँको भावि जीवनको उत्तरोत्तर प्रगतीको लागि शुभकामना समेत व्यक्त गर्नु भयो । यसै गरी उहाँलाई पेशागत जीवनमा सफल बनाउन सदैव साथ दिई हौसला प्रदान गरिरहनुहुने उहाँकी धर्मपत्नी कल्पना गिरीज्यूलाई समेत हार्दिक धन्यवाद तथा शुभकामना दिनु भयो ।


विदाई मन्तव्य राख्ने क्रममा अवकाश हुनुहुने प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूले आफुले नेपाल प्रहरीको सदस्य भई निरन्तर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सेवा गर्ने अवसर पाएकोमा ज्यादै गौरवान्भित भएको महशुस गरेको र जीवन सफल भएको कुरा व्यक्त गर्दै आफ्ना मातापिता, परिवारजन, नेपाल सरकार, तालुक कार्यालयहरु, नेपाली नागरिक, नेपाल प्रहरी संगठन, प्रत्यक्ष परोक्ष साथ सहयोग गर्नुहुने सबै महानुभावहरुको स्मरण गर्दै सबै प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नु भयो । मन्तव्य राख्ने क्रममा उहाँले एक पटक प्रहरीको पहिचान बनाए पछि बाचुञ्जेल हाम्रो परिचय प्रहरीकै रुपमा रहने भएकोले यस पहिचानलाई बाँचुञ्जेल अक्षुण्ण राख्ने आफूले प्रण गरेको कुरा समेत व्यक्त गर्नु भयो ।


उक्त कार्यक्रममा प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्षज्यू, PGDPS कार्यक्रमका सल्लाहाकारज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक तथा नेपाल पुलिस स्टाफ कलेजका निर्देशकज्यू, नेपाल प्रहरी शिक्षालय, भरतपुरका समादेशकज्यू, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्यज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू, लगायतका प्रतिष्ठानका प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
“बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न”
२०८२-०९-२२

नेपाल भलिबल संघको आयोजनामा मिति २०८२/०९/११ देखि ऐ. १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कभर्ड हल, त्रिपुरेश्वरमा सञ्चालन भएको “नवौं एन.भि.ए. कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२” मा नेपाल प्रहरी महिला भलिबल टिमले द्वितीय स्थान हासिल गर्नुका साथै प्र.ज. सरस्वती कट्टेल उत्कृष्‍ट सर्भर र पुरुष तर्फ तृतीय स्थान हासिल गर्नुका साथै प्र.स.ह. भिम गाहा उत्कृष्‍ट लिबेरो घोषित हुन सफल भएको त्यसैगरी नेपाल तेक्वान्दो संघको आयोजनामा मिति २०८२/०९/१९ गते काठमाडौं स्थित कलंकीमा सञ्चालन भएको “2nd Power Taekwondo Championship 2082” मा प्रथम स्थान हासिल गर्न सफल नेपाल प्रहरीका तेक्वान्दो खेलाडी प्र.का.स. सुमित विष्‍ट तथा हात्तीखोला युवा क्लबको आयोजनामा मिति २०८२/०९/१९ गते बकैया गा.पा.-९, मकवानपुरमा सञ्चालन भएको “प्रथम खुल्ला ५ कि.मि. दौड प्रतियोगिता २०८२” मा द्वितीय स्थान हासिल गर्न सफल नेपाल प्रहरीका एथ्लेटिक्स खेलाडी प्र.ज. नागेश्‍वर अहिर लगायत सहभागी सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई आज मिति २०८२/०९/२२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा हार्दिक बधाई एवम् आगामी दिनहरुमा थप सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रम सम्पन्न ।

"खेलाडी क्षमता विकास तालिम (जु.प्र.अ./प्र.का.स.) दोस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न"
२०८२-०९-२१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित १६ कार्यदिन अवधिको खेलाडी क्षमता विकास तालिम (जु.प्र.अ./प्र.का.स.) दोस्रो समूहको आज मिति २०८२ पुस २१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथीज्यूबाट प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक रूपा थापाले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

"तेक्वान्दो आधारभूत तालिम ३८ औँ समूहको समापन कार्यक्रम सम्पन्न"
२०८२-०९-२०

मिति २०८२/०२/१९ गते देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा संचालित १५६ कार्यदिन अवधिको तेक्वान्दो आधारभूत तालिम ३८ औँ समूहको आज मिति २०८२/०९/२० गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न गर्नु भई उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा कालो पेटी (Black belt) वितरणका साथै शारीरिक र मानसिक रूपमा स्वस्थ र तन्दुरुस्त रहेर आत्मरक्षाको आधारभूत ज्ञान, सीप र कौशलको प्रयोग गरी व्यक्ति, संगठन र राष्ट्रको छविलाई व्यवसायिक जीवन तथा संगठनको हित हुने गरी समुचित सदुपयोग गर्न समेत निर्देशन दिनुभयो । उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक श्रवण कुमार झाले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

“बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न”
२०८२-०९-१७

अखिल नेपाल फुटबल संघको आयोजनामा मिति २०८२/०३/२० गतेदेखि मिति२०८२/०९/ १४ गतेसम्म एन्फा कम्प्लेक्स, सातदोबाटो, ललितपुरमा सञ्चालन भएको "एन्फा यूथ (यू-१६) लिग फुटबल प्रतियोगिता २०८२" मा कुल २६ खेलमा १९ जित ४ बराबरी र ३ हार सहित ६१ अंक प्राप्त गरी लिग विजेता हुनुका साथै उक्त प्रतियोगितामा समिर कुमार सर्वोत्कृष्ट खेलाडी घोषित हुन सफल र प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति, नवलपुरको आयोजनामा मिति २०८२/०९/१२ गते सञ्चालन भएको "आलोक स्मृती राष्ट्रिय म्याराथन प्रतियोगिता २०८२” अन्तर्गत ५ कि.मि. दौड तर्फ प्रथम स्थान हासिल गर्न सफल नेपाल प्रहरीका एथ्लेटिक्स खेलाडी सुमित्रा कुमारी चौधरी लगायत सहभागी सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई आज मिति २०८२/०९/१६ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा हार्दिक बधाई एवम् आगामी दिनहरुमा थप सफलताको शुभकामना कार्यक्रम सम्पन्न ।

"विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न"
२०८२-०९-११

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं.४२६१ मिति २०८२/०९/०४ गतेको पत्रले  यस प्रतिष्‍ठानबाट नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागमा काज सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक सगुन खड्कालाई मिति २०८२/०९/११ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूले मायाको चिनो प्रदान गरी विदाई गर्नुभयो । साथै उक्त अवसरमा यस प्रतिष्‍ठानका सह- निर्देशक, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य लगायत अन्य सिनियर प्रहरी कर्मचारीहरूको समेत उपस्थिती रहेको थियो ।

"अवकाश प्राप्त प्रहरी बरिष्ठ नायव निरीक्षक तिलाराम बोहराज्यूको विदाई कार्यक्रम सम्पन्न"
२०८२-०९-११

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं.३३७७ मिति २०८२/०८/०४ गतेको पत्रले सेवाबाट अनिवार्य अवकाश हुनु भएका प्रहरी बरिष्ठ नायव निरीक्षक तिलाराम बोहराज्यूलाई आज मिति २०८२/०९/११ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा सेवा निवृत भई  जान लाग्नु भएका प्रहरी बरिष्ठ नायव निरीक्षकलाई मायाको चिनो प्रदान गर्नुका साथै यस प्रतिष्ठानमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै अवकाश पछिको पारिवारिक एवम् सामाजिक जिवन सुखमय रहोस् भनि शुभकामना व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा सेवा निवृत भई जान लाग्नुभएका अवकाश प्राप्त प्र.ब.ना.नि.तिलाराम बोहराज्यूले  अवकाश पछि पनि पूर्व प्रहरीको रुपमा प्रहरी संगठनसंग आवद्ध रहि रहनुका साथै पूर्व प्रहरीको हैसियतले प्रहरी संगठनको श्रीवृद्धिमा आफू निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।