"जुडो आधारभूत तालिम" ८८ औं समूहको दीक्षान्त कार्यक्रम सम्पन्न"
२०८२-०७-२५
- A
- A-
- A+
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन भएको १५६ कार्यदिन अवधिको "जुडो आधारभूत तालिम" ८८ औं समूहको यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमूख आतिथ्यतामा आज मिति २०८२/०७/२५ गते दीक्षान्त कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूद्वारा बेसिक प्रदर्शन मायामोरी तथा टोवी विशेष प्रदर्शन एकल तथा सामुहिक आत्मरक्षाकला प्रदर्शन र झण्डा सहितको पिरामिड प्रदर्शन समेत भएको थियो भने प्रमुख अतिथिज्यूले दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, "Black Belt"(1st Dan) प्रदान गर्नुका साथै सर्वप्रथम, द्वितीय र तृतीय हुने प्रशिक्षार्थीहरूलाई "Memento" समेत वितरण गर्नु भएको थियो । कार्यकारी निर्देशकज्यूले दिक्षित भई जाने प्रशिक्षार्थीहरूलाई जुडो तालिममा सिकाइएका कला-कौशल, व्यक्तिगत सुरक्षा, आत्मरक्षा, प्रहरी कार्य, अपराध अनुसन्धान रोकथाम लगायतका अन्य घटना हुने क्षेत्रहरूमा समेत नतिजामुखी प्रतिफल प्राप्त हुनेछ भन्ने विषयमा प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत अधिकारीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।