आर्थिक प्रशासन ग्रेड २ तालिम सम्पन्न
२०८२-०८-१५
- A
- A-
- A+
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “आर्थिक प्रशासन ग्रेड-२ तालिम” २० औं समूहको मिति २०८२/०८/१५ गते यस प्रतिष्ठानका सह- निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक श्री बेद बिष्टज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक सबिन कुमार संग्रौलाले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।