"खेलाडी क्षमता विकास तालिम (जु.प्र.अ./प्र.का.स.) दोस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न"
२०८२-०९-२१
- A
- A-
- A+
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित १६ कार्यदिन अवधिको खेलाडी क्षमता विकास तालिम (जु.प्र.अ./प्र.का.स.) दोस्रो समूहको आज मिति २०८२ पुस २१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथीज्यूबाट प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक रूपा थापाले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।