“बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न”
२०८२-०९-२२
- A
- A-
- A+
नेपाल भलिबल संघको आयोजनामा मिति २०८२/०९/११ देखि ऐ. १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कभर्ड हल, त्रिपुरेश्वरमा सञ्चालन भएको “नवौं एन.भि.ए. कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२” मा नेपाल प्रहरी महिला भलिबल टिमले द्वितीय स्थान हासिल गर्नुका साथै प्र.ज. सरस्वती कट्टेल उत्कृष्ट सर्भर र पुरुष तर्फ तृतीय स्थान हासिल गर्नुका साथै प्र.स.ह. भिम गाहा उत्कृष्ट लिबेरो घोषित हुन सफल भएको त्यसैगरी नेपाल तेक्वान्दो संघको आयोजनामा मिति २०८२/०९/१९ गते काठमाडौं स्थित कलंकीमा सञ्चालन भएको “2nd Power Taekwondo Championship 2082” मा प्रथम स्थान हासिल गर्न सफल नेपाल प्रहरीका तेक्वान्दो खेलाडी प्र.का.स. सुमित विष्ट तथा हात्तीखोला युवा क्लबको आयोजनामा मिति २०८२/०९/१९ गते बकैया गा.पा.-९, मकवानपुरमा सञ्चालन भएको “प्रथम खुल्ला ५ कि.मि. दौड प्रतियोगिता २०८२” मा द्वितीय स्थान हासिल गर्न सफल नेपाल प्रहरीका एथ्लेटिक्स खेलाडी प्र.ज. नागेश्वर अहिर लगायत सहभागी सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई आज मिति २०८२/०९/२२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा हार्दिक बधाई एवम् आगामी दिनहरुमा थप सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रम सम्पन्न ।