बिशिष्ट व्यक्तिको सुरक्षा तालिम सम्पन्न
२०८२-१०-०१
- A
- A-
- A+
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मिति २०८२/०८/२९ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवसिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६६ औ समूहका प्रशिक्षार्थीहरूसँग मिति २०८२/०९/३० गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रमाण पत्र वितरण गर्नुका साथै राज्यले सुशासन, समृद्दी र बिकासको एजेन्डा बोकेको हालको परिप्रेक्ष्यमा यस तालिमको महत्व अझ ब्यापक रहेको हुदाँ देशभर शान्ति सुरक्षा कायम राख्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हो भन्ने निर्देशन सम्बोधन समेत प्रदान गर्नु भयो भने तालिम संयोजक प्रहरी उपरीक्षक नवराज कार्कीज्यूले तालिम सम्बन्धि संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।