"बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न"
२०८२-१०-१२
- A
- A-
- A+
नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं.४८६१ मिति २०८२/१०/०४ गतेको पत्रले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट केन्द्रीय अनुसन्धान व्यूरो, लाजिम्पाट सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक अमरेन्द्र बहादुर सिंहज्यूलाई आज मिति २०८२/१०/१२ गते यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिनेश कुमार आचार्यज्यूले मायाको चिनो प्रदान गरी बिदाई गर्नु भयो । उक्त कार्यक्रममा यस प्रतिष्ठानका सह-निर्देशक लगायत अन्य सिनियर प्रहरी कर्मचारीहरूको समेत उपस्थिती रहेको थियो ।