प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"विभिन्न खेलका विजेताहरूलाई सम्मान कार्यक्रम सम्पन्न"

२०८२-१०-१३

  • A
  • A-
  • A+
Share

नेपाल जुडो महासंघको आयोजनामा मिति २०८२।१०।०३ गतेदेखि ऐ.५ गतेसम्म हेटौडामा सम्पन्न “२० औं राष्ट्रिय जुडो प्रतियोगिता २०८२” मा सहभागी भई ६ स्वर्ण, २ रजत र ३ कास्य गरी कूल ११ पदक हासिल गरी टिम प्रथम हुन सफल नेपाल प्रहरीको जुडो टिम, नेपाल कराते महासंघको तत्वावधान, नेपाल सितोरियो कराते शाखा डोजो लैनचौरको आयोजनामा मिति २०८२।१०।०६ गतेदेखि ऐ.०९ गतेसम्म सञ्चालन भएको “काष्ठमण्डप कराते प्रतियोगिता” मा सहभागी भई ७ स्वर्ण, ३ रजत र १ कास्य पदक गरी कूल ११ पदक प्राप्त गरी टिम द्वितीय हुन सफल कराते टिम त्यसैगरी लेटाङ रनको आयोजनामा मिति २०८२/१०/०१ गते मोरङमा सम्पन्न “लेटाङ रन” तथा रोटर्याक्ट क्लब अफ कान्तिपुरको आयोजनामा मिति २०८२/१०/१० गते काठमाडौंमा सम्पन्न “Rota Run 2026 (खुल्ला दौड ९.७ कि.मी.)” र अर्मलाकोट युथ क्लबको आयोजनामा मिति २०८२/१०/०९ गते पोखरामा सम्पन्न “१०औं अर्मलाकोट १२ कि.मी. पर्वतीय दौड प्रतियोगिता-२०८२” मा सहभागी भई पदक प्राप्त गर्न सफल नेपाल प्रहरीका खेलाडी तथा प्रशिक्षकहरुलाई आज मिति २०८२/१०/१३ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी विक्रम शाहज्यूको उपस्थितिमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न ।

सम्बन्धित समाचार
"बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न"
२०८२-१०-१२

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं.४८६१ मिति २०८२/१०/०४ गतेको पत्रले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट केन्द्रीय अनुसन्धान व्यूरो, लाजिम्पाट सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक अमरेन्द्र बहादुर सिंहज्यूलाई आज मिति २०८२/१०/१२ गते यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिनेश कुमार आचार्यज्यूले मायाको चिनो प्रदान गरी बिदाई गर्नु भयो । उक्त कार्यक्रममा यस प्रतिष्ठानका सह-निर्देशक लगायत अन्य सिनियर प्रहरी कर्मचारीहरूको समेत उपस्थिती रहेको थियो ।

प्यानल छलफल कार्यक्रम सम्पन्न
२०८२-१०-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा मिति २०८२/०८/२९ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवासिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६६ औ समूहका प्रशिक्षार्थीहरूसँग मिति २०८२/०९/३० गते काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलज्यू,  यस प्रतिष्ठान तथा नेपाल पुलिस स्टाफ कलेजका निर्देशक प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सी.ज्यू, ने.प्र.प्र.का. कार्य विभाग, सुरक्षा सेवा निर्देशनालयका, प्रहरी वरिष्ठ उपरीक्षक श्याम कुमार महतोज्यू र नेपाली सेनाका अति बिशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय, नारायणहिटीका प्रमुख सेनानी मनोज ढुंगेलज्यूसँग प्रशिक्षार्थीहरूद्वारा “अति बिशिष्ट/ बिशिष्ट व्यक्तिको सुरक्षामा संलग्न निकायहरूको भूमिका” विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको ।

बिशिष्ट व्यक्तिको सुरक्षा तालिम सम्पन्न
२०८२-१०-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मिति २०८२/०८/२९ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवसिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६६ औ समूहका प्रशिक्षार्थीहरूसँग मिति २०८२/०९/३० गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रमाण पत्र वितरण गर्नुका साथै राज्यले सुशासन, समृद्दी र बिकासको एजेन्डा बोकेको हालको परिप्रेक्ष्यमा यस तालिमको  महत्व अझ ब्यापक रहेको हुदाँ देशभर शान्ति सुरक्षा कायम राख्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हो भन्ने निर्देशन सम्बोधन समेत प्रदान गर्नु भयो  भने तालिम संयोजक प्रहरी उपरीक्षक नवराज कार्कीज्यूले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।