"प्रतिष्ठानको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको एक दिवसीय गोष्टी सम्पन्न"
२०८२-१०-२७
- A
- A-
- A+
आज मिति २०८२/१०/२७ गते, प्रतिष्ठानको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित “समय र प्रविधिको विकाससँगै प्रहरी सेवामा उत्पन्न चुनौतीहरु: प्रशिक्षण प्रणालीमा विद्यमान अन्तरालको विश्लेषण र समयानुकूल सम्बोधन” विषयमा एक दिवसीय गोष्टी सम्पन्न भयो । उक्त गोष्टीमा पूर्व गृहसचिव डा. गोविन्द प्रसाद कुसुम,अ.प्रा. प्र.अ.म.नि. सुरेन्द्र बहादुर शाह, अ.प्रा. प्र.अ.म.नि. देवेन्द्र सुवेदी, वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, अ.प्रा. प्र.ना.म.नि डा. राजिब सुब्बा, सुरक्षा बिज्ञ चिरन जंग थापा, सहायक प्रा.डा. पिताम्बर भण्डारीज्यूहरुले सो सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रतिष्ठान तथा नेपाल प्रहरी स्टाफ कलेजका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यज्यूले कृतज्ञताको चिनोका साथै धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी शिक्षालय, भरतपुरका समादेशक प्रहरी वरीष्ठ उपरीक्षक तारा देबी थापाज्यू , नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाका प्राचार्य प्रहरी वरीष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.राज्यू, प्रतिष्ठान तथा नेपाल प्रहरी स्टाफ कलेजका सहनिर्देशक प्रहरी वरीष्ठ उपरीक्षक वेद विष्टज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरीष्ठ उपरीक्षक रञ्जु सिग्देलज्यू, प्रतिष्ठानका उपनिर्देशकज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरुको सहभागिता रहेको थियो ।