ताजा तालिमका गतिविधिहरु
सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
प्रवक्ता
---
सम्पर्क नं. ०१-४५२३४८९
गुनासो सुन्ने अधिकारी
प्र.उ. मित्र बन्धु शर्मा
सम्पर्क ः ९८५१२८१४०८
-
बधाई ज्ञापन कार्यक्रम सम्पन्न
२०८१-१०-०६नेपाल भलिबल संघको संयोजन तथा सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा मिति २०८१/१०/०१ गतेदेखि ऐ. ०५ गतेसम्म सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी किनार सुकुटे बजारमा सम्पन्न भएको सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगितामा महिला तर्फ प्रथम र द्वितीय पुरुष तर्फ प्रथम हुन सफल नेपाल प्रहरी महिला तथा पुरूष भलिबल टिम साथै नेपाल क्रिकेट संघको आयोजनामा मिति २०८१/०९/२१ गतेदेखि मिति २०८१/१०/०३ गतेसम्म मधेश प्रदेशको जनकपुर र विरगंजमा सञ्चालन भएको "Jay Trophy Men’s Elite Cup” मा प्रथम हुन सफल नेपाल प्रहरी क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरुलाई आज मिति २०८१/१०/०६ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट बधाई ज्ञापन सम्पन्न ।
[ विस्तृतमा ] -
समापन कार्यक्रम सम्पन्न
२०८१-१०-०६मिति २०८१ पुष २८ गतेदेखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा UNOPS सँगको सहकार्यमा सञ्चालन भएको “Gander Responsive Investigation and Communication Skills Orientation प्रथम समूहको समापन कार्यक्रम आज मिति २०८१ माघ ६ गते यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री डा. मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
[ विस्तृतमा ] -
निरीक्षण कार्यक्रम सम्पन्न
२०८१-१०-०६आज मिति २०८१/१०/०६ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट साप्ताहिक निरीक्षण कार्यक्रम अन्तर्गत यस प्रतिष्ठानको क्वार्टर गार्ड, विभिन्न आधारभूत तथा उन्नत तालिमका प्रशिक्षार्थीहरुको निरीक्षण, नव निर्मित Indoor क्रिकेट भवनको निरीक्षण लगायत आधारभूत तालिममा तालिमरत प्रशिक्षार्थीहरूबाट कवाज प्रदर्शन समेत भएको थियो ।
[ विस्तृतमा ]
प्रकाशित मिति | शीर्षक | कार्यहरु |
---|---|---|
२०८१-०९-२३ | पुलिस लिडरसिप एण्ड स्टाफ कोर्षको प्रवेश परीक्षामा सहभागिताको लागि उम्मेदवारहरुको प्रारम्भिक नामावली सूची प्रकाशित गरिएको सम्बन्धमा (मिति २०८१।०९।२३ गते) । | |
२०८१-०९-०७ | अनलाईन बोलपत्र आव्हान सम्बन्धी सूचना (२०८१-९-५) |