सामुहिक छलफल कार्यक्रम सम्पन्न
२०८१-०६-१४
- A
- A-
- A+
राष्ट्रिय
प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मिति २०८१/०५/२३ गतेदेखि
सञ्चालित १८ कार्यदिन अवधिको गैर आवसीय “पर्यटक प्रहरी (प्र.ज. देखि जु.प्र.अ.)
तालिम दोस्रो समूहको” आज मिति २०८१/०६/१४ गते प्रतिष्ठानका कार्यकारी निर्देशक
प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, पर्यटक विभागका महानिर्देशक डा.
नारायण प्रसाद रेग्मी, अध्यागमन विभागका महानिर्देशक कोशहरी निरौला,
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक बिनोद घिमिरे
र नेपाल पर्यटन बोर्डका CEO दिपक राज जोशी सहितको सहभागितामा पर्यटक क्षेत्रमा पर्यटक प्रहरीको भुमिका
र सम्बन्धित सदस्यहरूबाट प्रशिक्षार्थीहरूको प्रश्न/गुनासोहरूको सम्बोधन गर्ने विषयमा
सामुहिक छलफल कार्यक्रम सम्पन्न ।