प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तालिम समापन कार्यक्रम सम्पन्न

२०८१-०६-१६

  • A
  • A-
  • A+
Share

 “घरेलु हिंसा उजुरी सुनुवाई तथा मेलमिलाप सिप विकास प्रशिक्षक प्रशिक्षण तालिम (सि.प्र.अ./ जु.प्र.अ)” दोस्रो समूहको आज मिति २०८१/०६/१६ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रमाण पत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सम्बन्धित समाचार
प्यानल छलफल कार्यक्रम सम्पन्न
२०८२-१०-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा मिति २०८२/०८/२९ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवासिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६६ औ समूहका प्रशिक्षार्थीहरूसँग मिति २०८२/०९/३० गते काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलज्यू,  यस प्रतिष्ठान तथा नेपाल पुलिस स्टाफ कलेजका निर्देशक प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सी.ज्यू, ने.प्र.प्र.का. कार्य विभाग, सुरक्षा सेवा निर्देशनालयका, प्रहरी वरिष्ठ उपरीक्षक श्याम कुमार महतोज्यू र नेपाली सेनाका अति बिशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय, नारायणहिटीका प्रमुख सेनानी मनोज ढुंगेलज्यूसँग प्रशिक्षार्थीहरूद्वारा “अति बिशिष्ट/ बिशिष्ट व्यक्तिको सुरक्षामा संलग्न निकायहरूको भूमिका” विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको ।

“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-III) (प्र.उ. / प्र.ना.उ.) १७ औं समूहको तालिम समापन"
२०८२-०९-२४

आज मिति २०८२/०९/२४ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै नेतृत्वको सक्षमताले नै संगठनको गरिमा र जनविश्वासको आधार तय गर्ने हुँदा जिल्ला कमाण्डरको कार्यशैली, निर्णय क्षमता,व्यवहार र व्यवसायिकताले समग्र प्रहरी सेवाको प्रभावकारिता, जनमुखी चरित्र र व्यवसायिकतालाई प्रतिविम्बित गर्दछ भनी निर्देश गर्नुभयो भने तालिम संयोजक प्रहरी उपरीक्षक अमरेन्द्र बहादुर सिंहज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

“बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न”
२०८२-०९-२२

नेपाल भलिबल संघको आयोजनामा मिति २०८२/०९/११ देखि ऐ. १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कभर्ड हल, त्रिपुरेश्वरमा सञ्चालन भएको “नवौं एन.भि.ए. कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२” मा नेपाल प्रहरी महिला भलिबल टिमले द्वितीय स्थान हासिल गर्नुका साथै प्र.ज. सरस्वती कट्टेल उत्कृष्‍ट सर्भर र पुरुष तर्फ तृतीय स्थान हासिल गर्नुका साथै प्र.स.ह. भिम गाहा उत्कृष्‍ट लिबेरो घोषित हुन सफल भएको त्यसैगरी नेपाल तेक्वान्दो संघको आयोजनामा मिति २०८२/०९/१९ गते काठमाडौं स्थित कलंकीमा सञ्चालन भएको “2nd Power Taekwondo Championship 2082” मा प्रथम स्थान हासिल गर्न सफल नेपाल प्रहरीका तेक्वान्दो खेलाडी प्र.का.स. सुमित विष्‍ट तथा हात्तीखोला युवा क्लबको आयोजनामा मिति २०८२/०९/१९ गते बकैया गा.पा.-९, मकवानपुरमा सञ्चालन भएको “प्रथम खुल्ला ५ कि.मि. दौड प्रतियोगिता २०८२” मा द्वितीय स्थान हासिल गर्न सफल नेपाल प्रहरीका एथ्लेटिक्स खेलाडी प्र.ज. नागेश्‍वर अहिर लगायत सहभागी सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई आज मिति २०८२/०९/२२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा हार्दिक बधाई एवम् आगामी दिनहरुमा थप सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रम सम्पन्न ।

"खेलाडी क्षमता विकास तालिम (जु.प्र.अ./प्र.का.स.) दोस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न"
२०८२-०९-२१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित १६ कार्यदिन अवधिको खेलाडी क्षमता विकास तालिम (जु.प्र.अ./प्र.का.स.) दोस्रो समूहको आज मिति २०८२ पुस २१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथीज्यूबाट प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक रूपा थापाले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

"तेक्वान्दो आधारभूत तालिम ३८ औँ समूहको समापन कार्यक्रम सम्पन्न"
२०८२-०९-२०

मिति २०८२/०२/१९ गते देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा संचालित १५६ कार्यदिन अवधिको तेक्वान्दो आधारभूत तालिम ३८ औँ समूहको आज मिति २०८२/०९/२० गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न गर्नु भई उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा कालो पेटी (Black belt) वितरणका साथै शारीरिक र मानसिक रूपमा स्वस्थ र तन्दुरुस्त रहेर आत्मरक्षाको आधारभूत ज्ञान, सीप र कौशलको प्रयोग गरी व्यक्ति, संगठन र राष्ट्रको छविलाई व्यवसायिक जीवन तथा संगठनको हित हुने गरी समुचित सदुपयोग गर्न समेत निर्देशन दिनुभयो । उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक श्रवण कुमार झाले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।