प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"नेपाल प्रहरीको चालु आ.व, २०८३ को अर्धवार्षिक समीक्षा तथा आगामी आ.व. २०८३/०८४ को तालिम क्यालेण्डर तर्जुमा गोष्ठी”को प्रस्तुतिकरण सहित समापन कार्यक्रम सम्पन्न

२०८२-१२-१५

  • A
  • A-
  • A+
Share

आज मिति २०८२।१२।१५ गते नेपाल प्रहरी संगठन प्रमूख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा "नेपाल प्रहरीको चालु आ.व, २०८३ को अर्धवार्षिक समीक्षा तथा आगामी आ.व. २०८३/०८४ को तालिम क्यालेण्डर तर्जुमा गोष्ठी”को प्रस्तुतिकरण सहित समापन कार्यक्रम सम्पन्न भयो । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा संचालन भएको उक्त कार्यक्रममा निर्देशन सम्बोधन गर्नु हुँदै प्रहरी महानिरीक्षज्यूले प्रस्तावित तालिम क्यालेण्डरले TNA गरी प्राप्त तथ्यांकको बिश्लेषण, संगठनको आवश्यकता, प्रहरी कर्मचारीको वृत्ति विकास, प्रशिक्षण केन्द्रहरुको क्षमता र जनशक्ति, तालिम औचित्यता पुष्टि सहितको बिश्लेषण, अध्ययन तथा छलफलबाट प्रस्तावित तालिम कार्यक्रम बनेकोमा खुशी व्यक्त गर्दै नेपाल प्रहरी संगठनको उद्देश्य तथा लक्ष्य हासिल गर्न सक्ने योग्य एवं कुशल प्रहरी जनशक्तिको विकास गर्न प्रस्तावित तालिम कार्यक्रम सक्षम हुनेमा आफू विश्वस्त रहेको कुरा बताउनु भयो । प्रशिक्षण केन्द्रहरुले तालिम कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्ने बताउँदै वर्तमान चुनौतिहरुको सामना गर्न सक्ने जनशक्तिको विकास गर्न निर्देशन समेत दिनु भयो । 

उक्त कार्यक्रममा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूले धन्यवाद मन्तव्य राख्ने क्रममा सम्पूर्ण तालिम प्रदायक प्रहरी कार्यालयहरुको तर्फबाट प्रतिबद्दता जाहेर गर्दै बार्षिक तालिम क्यालेण्डर अनुसार सञ्चालन हुने प्रशिक्षण गतिविधिहरुलाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने, प्रशिक्षण केन्द्रहरुबाट संचालन हुने समान प्रकृतिका तालिमहरुको सञ्चालन प्रकृया तथा गुणस्तरमा एक रुपता कायम गर्ने, प्रशिक्षण केन्द्रहरुमा अनुसरण गरीएका असल अभ्यासहरुलाई अन्य प्रशिक्षण केन्द्रहरुसँग परस्पर समन्वय गरी अबलम्बन गर्न सबै तालिम केन्द्रहरुले अझ प्रभावकारी बनाउन सबै प्रशिक्षण केन्द्र लाग्नु पर्ने साथै प्रहरी महानिरीक्षकज्यूबाट निर्देशन भएका कुराहरुलाई सम्पूर्ण प्रशिक्षण केन्द्रहरुले प्रभाबकारी रुपमा कार्यान्वयन गर्ने कुरा व्यक्त गर्नु भयो । मन्तव्य राख्ने क्रममा तालिम क्यालेण्डर निर्माण गर्नु पूर्व TNA गरी पहिचान गरिएका आवश्यक तालिमहरुमात्र क्यालेण्डरमा समावेश गर्ने, नेपाल प्रहरीको तालिम संचालन कार्यादेश, २०७९ लाई सम्पूर्ण प्रशिक्षण केन्द्रहरुले प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने कुरा समेत व्यक्त गर्नु भयो । 

उक्त कार्यक्रममा प्रहरी निरीक्षक देव राज पौडेज्यूले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने  प्रहरी उपरीक्षक नवराज कार्कीज्यूले प्रस्तावित तालिम क्यालेण्डर सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका बिभिन्न विभागका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरु, प्रहरी नायब महानिरीक्षकज्यूहरु, प्रशिक्षण प्रदायक कार्यालयका निर्देशक, प्रधानाचार्य, प्राचार्य, समादेशक, प्रहरी बरीष्ठ उपरीक्षकज्यूहरु लगायत सिनियर प्रहरी अधिकृतज्यूहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८३-०३-२३

नेपाल प्रहरी प्रधान कार्यालय,कर्मचारी प्रशासन शाखाको च.नं. ८२६६ मिति २०८३/०३/१९ गतेको पत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनुभएका संजय कार्की, राजेन्द्र रावल र पुष्कर बहादुर धानुक तथा जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा विशेष बढुवा हुनुहुने राष्ट्रिय महिला कबड्डी टिमकी कप्तान मानमति बिष्टलाई आज मिति २०८३/०३/२३ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको । 

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८३-०३-२३

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं. ८२६६ मिति २०८३/०३/१९ गतेको पत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनुभएका संजय कार्की, राजेन्द्र रावल र पुष्कर बहादुर धानुक तथा जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा विशेष बढुवा हुनुहुने राष्ट्रिय महिला कबड्डी टिमकी कप्तान मानमति बिष्टलाई मिति २०८३/०३/२३ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भयो । 

राष्ट्रिय खुल्ला हाफ म्याराथनमा नागेश्वर अहिर प्रथम, सन्तोष नाथ योगी द्वितीय
२०८३-०३-२२

जनकपुर, असार २१ — मधेश खेलकुद परिषद्को आयोजनामा २०८३ असार २१ गते जनकपुरमा सम्पन्न "राष्ट्रिय खुल्ला हाफ म्याराथन प्रतियोगिता २०८३" (२१ किलोमिटर) मा नागेश्वर अहिर प्रथम भएका छन्।अहिरले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ९ मिनेटमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। त्यसैगरी सन्तोष नाथ योगीले उक्त दूरी १ घण्टा १० मिनेटमा पूरा गर्दै द्वितीय स्थान प्राप्त गरे।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो र दोस्रो स्थान हासिल गर्न सफल दुवै खेलाडीलाई आयोजक तथा खेलप्रेमीहरूले हार्दिक बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेका छन्।