“आई.जि.पी. रनीङ कप पुरुष भलिबल प्रतियोगिता-२०८१” को समुद्घाटन
२०८१-०७-०७
- A
- A-
- A+
राष्ट्रिय
प्रहरी प्रशिक्षण प्रतिष्ठानका
कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त
महानिरीक्षक सुदिप गिरीज्यूबाट नेपाल प्रहरी खेलकुद समितिले आयोजना गरेको
“आई.जि.पी. रनीङ कप पुरुष भलिबल प्रतियोगिता २०८१” को समुद्घाटन गरी प्रतियोगितामा उपस्थीत सम्पूर्ण खेलाडीहरुमा
शुभकामना समेत व्यक्त गर्नुभयो । सोही अवसरमा नेपाल प्रहरी खेलकुद शाखाका प्रमुख
प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलज्यूले प्रतियोगिता सम्बन्धी संक्षिप्त प्रतिवेदन
प्रस्तुत गर्नुभएको थियो ।
उक्त
प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र नेपाल प्रहरीका ७
(सात) वटै प्रदेशहरू गरी जम्मा १० टिमहरुको सहभागिता रहेको छ । यस प्रतियोगिताको
उद्घाटन खेलमा मधेश प्रदेश प्रहरी कार्यालयले कर्णाली प्रदेश
प्रहरी कार्यालयलाई ३-१ को सेटले जीत हासिल गरेको र दोस्रो खेलमा राष्ट्रिय प्रहरी
प्रशिक्षण प्रतिष्ठानले बागमती प्रदेश प्रहरी कार्यालयलाई ३-० को सोझो सेटले जीत
हासिल गरेको ।
यस
प्रतियोगिता मिति २०८१ कार्तिक ०७ गते देखि ऐ. १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १,०१,०००/-
(एक लाख एक हजार मात्र) र द्वितीय हुने टिमले ५१,०००/- (एकाउन्न हजार मात्र) प्राप्त गर्नेछन् ।