प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकज्यूको विदाई कार्यक्रम सम्पन्न

२०८२-०५-१८

  • A
  • A-
  • A+
Share

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् सुदिप गिरिज्यूको आज मिति २०८२।०५।१८ गतेबाट ३० वर्षे सेवा अवधी पुरा गरी सेवाबाट अनिवार्य अवकाश हुनलाग्नु भएकोले आज यस प्रतिष्ठानमा औपचारिक कार्यक्रम आयोजना गरी विदाई कार्यक्रम सम्पन्न गरिएको छ । विदाई कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दिपेन्द्र जि.सी.ज्यूले विदाई भई जानुहुने प्रहरी अतिरिक्त महानिरीक्षकज्यूलाई प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गरी शुभकामना समेत मन्तव्य व्यक्त गर्नु भएको थियो, मन्तव्य राख्ने क्रममा समाजमा अपराध नियन्त्रण गर्ने, अपराधको प्रभावकारी अनुसन्धान गरी शान्ति सु-व्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको यस पवित्र संगठनमा सेवा गर्न पाउनु नै एउटा नागरिकको लागि गर्वको कुरा हो, त्यसमा पनि करिब ३० बर्ष अविछिन्न सेवा गरी नेपाल प्रहरीका बिभिन्न प्रहरी इकाईहरुमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरी प्रहरी जीवनबाट स-सम्मान अवकास हुन लाग्नु भएकोमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूलाई हार्दिक बधाई दिंदै उहाँको भावि जीवनको उत्तरोत्तर प्रगतीको लागि शुभकामना समेत व्यक्त गर्नु भयो । यसै गरी उहाँलाई पेशागत जीवनमा सफल बनाउन सदैव साथ दिई हौसला प्रदान गरिरहनुहुने उहाँकी धर्मपत्नी कल्पना गिरीज्यूलाई समेत हार्दिक धन्यवाद तथा शुभकामना दिनु भयो ।


विदाई मन्तव्य राख्ने क्रममा अवकाश हुनुहुने प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूले आफुले नेपाल प्रहरीको सदस्य भई निरन्तर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सेवा गर्ने अवसर पाएकोमा ज्यादै गौरवान्भित भएको महशुस गरेको र जीवन सफल भएको कुरा व्यक्त गर्दै आफ्ना मातापिता, परिवारजन, नेपाल सरकार, तालुक कार्यालयहरु, नेपाली नागरिक, नेपाल प्रहरी संगठन, प्रत्यक्ष परोक्ष साथ सहयोग गर्नुहुने सबै महानुभावहरुको स्मरण गर्दै सबै प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नु भयो । मन्तव्य राख्ने क्रममा उहाँले एक पटक प्रहरीको पहिचान बनाए पछि बाचुञ्जेल हाम्रो परिचय प्रहरीकै रुपमा रहने भएकोले यस पहिचानलाई बाँचुञ्जेल अक्षुण्ण राख्ने आफूले प्रण गरेको कुरा समेत व्यक्त गर्नु भयो ।


उक्त कार्यक्रममा प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्षज्यू, PGDPS कार्यक्रमका सल्लाहाकारज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक तथा नेपाल पुलिस स्टाफ कलेजका निर्देशकज्यू, नेपाल प्रहरी शिक्षालय, भरतपुरका समादेशकज्यू, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्यज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू, लगायतका प्रतिष्ठानका प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
प्यानल छलफल कार्यक्रम सम्पन्न
२०८२-१०-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा मिति २०८२/०८/२९ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवासिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६६ औ समूहका प्रशिक्षार्थीहरूसँग मिति २०८२/०९/३० गते काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलज्यू,  यस प्रतिष्ठान तथा नेपाल पुलिस स्टाफ कलेजका निर्देशक प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सी.ज्यू, ने.प्र.प्र.का. कार्य विभाग, सुरक्षा सेवा निर्देशनालयका, प्रहरी वरिष्ठ उपरीक्षक श्याम कुमार महतोज्यू र नेपाली सेनाका अति बिशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय, नारायणहिटीका प्रमुख सेनानी मनोज ढुंगेलज्यूसँग प्रशिक्षार्थीहरूद्वारा “अति बिशिष्ट/ बिशिष्ट व्यक्तिको सुरक्षामा संलग्न निकायहरूको भूमिका” विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको ।

बिशिष्ट व्यक्तिको सुरक्षा तालिम सम्पन्न
२०८२-१०-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मिति २०८२/०८/२९ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवसिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६६ औ समूहका प्रशिक्षार्थीहरूसँग मिति २०८२/०९/३० गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रमाण पत्र वितरण गर्नुका साथै राज्यले सुशासन, समृद्दी र बिकासको एजेन्डा बोकेको हालको परिप्रेक्ष्यमा यस तालिमको  महत्व अझ ब्यापक रहेको हुदाँ देशभर शान्ति सुरक्षा कायम राख्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हो भन्ने निर्देशन सम्बोधन समेत प्रदान गर्नु भयो  भने तालिम संयोजक प्रहरी उपरीक्षक नवराज कार्कीज्यूले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-III) (प्र.उ. / प्र.ना.उ.) १७ औं समूहको तालिम समापन"
२०८२-०९-२४

आज मिति २०८२/०९/२४ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै नेतृत्वको सक्षमताले नै संगठनको गरिमा र जनविश्वासको आधार तय गर्ने हुँदा जिल्ला कमाण्डरको कार्यशैली, निर्णय क्षमता,व्यवहार र व्यवसायिकताले समग्र प्रहरी सेवाको प्रभावकारिता, जनमुखी चरित्र र व्यवसायिकतालाई प्रतिविम्बित गर्दछ भनी निर्देश गर्नुभयो भने तालिम संयोजक प्रहरी उपरीक्षक अमरेन्द्र बहादुर सिंहज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

“बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न”
२०८२-०९-२२

नेपाल भलिबल संघको आयोजनामा मिति २०८२/०९/११ देखि ऐ. १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कभर्ड हल, त्रिपुरेश्वरमा सञ्चालन भएको “नवौं एन.भि.ए. कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२” मा नेपाल प्रहरी महिला भलिबल टिमले द्वितीय स्थान हासिल गर्नुका साथै प्र.ज. सरस्वती कट्टेल उत्कृष्‍ट सर्भर र पुरुष तर्फ तृतीय स्थान हासिल गर्नुका साथै प्र.स.ह. भिम गाहा उत्कृष्‍ट लिबेरो घोषित हुन सफल भएको त्यसैगरी नेपाल तेक्वान्दो संघको आयोजनामा मिति २०८२/०९/१९ गते काठमाडौं स्थित कलंकीमा सञ्चालन भएको “2nd Power Taekwondo Championship 2082” मा प्रथम स्थान हासिल गर्न सफल नेपाल प्रहरीका तेक्वान्दो खेलाडी प्र.का.स. सुमित विष्‍ट तथा हात्तीखोला युवा क्लबको आयोजनामा मिति २०८२/०९/१९ गते बकैया गा.पा.-९, मकवानपुरमा सञ्चालन भएको “प्रथम खुल्ला ५ कि.मि. दौड प्रतियोगिता २०८२” मा द्वितीय स्थान हासिल गर्न सफल नेपाल प्रहरीका एथ्लेटिक्स खेलाडी प्र.ज. नागेश्‍वर अहिर लगायत सहभागी सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई आज मिति २०८२/०९/२२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा हार्दिक बधाई एवम् आगामी दिनहरुमा थप सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रम सम्पन्न ।

"खेलाडी क्षमता विकास तालिम (जु.प्र.अ./प्र.का.स.) दोस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न"
२०८२-०९-२१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित १६ कार्यदिन अवधिको खेलाडी क्षमता विकास तालिम (जु.प्र.अ./प्र.का.स.) दोस्रो समूहको आज मिति २०८२ पुस २१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथीज्यूबाट प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक रूपा थापाले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।