प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न"

२०८२-१०-१९

  • A
  • A-
  • A+
Share

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३ औं समूह (PGDPS 14th) समूहको आज मिति २०८२ माघ १९ गते सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको प्रमुख आतिथ्यतामा विशेष समारोहबीच दीक्षान्त समारोह सम्पन्न भयो ।

समारोहमा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकज्यूहरुलाई पुरस्कार वितरण गरी दीक्षित अधिकृतहरुलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुका साथै परम्परागत अपराध सहित साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्दका नयाँ आयामहरू देखा परिरहेका  वर्तमान अवस्थामा प्रहरीको भूमिका केवल आदेश पालनामा मात्रै सिमित नरही एक विश्लेषक र समाधानकर्ताको रूपमा विकसित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व भएको र यस दायित्वमा नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने उल्लेख गर्दै कुनै राजनीतिक प्रभाव, पूर्वाग्रहबाट माथि उठेर कानूनको मर्म अनुसार सबै प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन गर्नुभएको थियो ।

 सोही समारोहमा माननीय गृहमन्त्री ओमप्रकाश अर्यालज्यूले दीक्षित प्रहरी अधिकृतहरू केवल निलो बर्दीधारी मात्र नभई राज्यको प्रतिनिधि, कानूनको संरक्षक र जनविश्वासका वाहक भएको तथ्य प्रकाश पार्दै सोही वमोजिमको कार्य गर्न निर्देशन दिनुभएको थियो । 

उक्त समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूले धन्यवाद ज्ञापन गर्नुहुँदै आज दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै पवित्र गरिमामय र नागरिक सेवामा समर्पित नेपाल प्रहरी संगठनमा स्वागत गर्नुभई राष्ट्र र नागरिक सेवालाई जीवनको लक्ष्य ठानी बफादार र सच्चा प्रहरीको रुपमा आफूलाई चिनाउन प्रहरी अधिकृतहरु सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुका साथै स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३ औं समूहका प्रशिक्षार्थी प्रहरी निरीक्षकहरू द्वारा कवाज प्रर्दशन तथा नेपाल प्रहरी संगित विद्यालय द्वारा सांगीतिक धुन प्रस्तुत गर्नुभएको थियो ।

 मिति २०८१ साउन २१ गते बाट प्रारम्भ भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३ औं समूहमा ९ जना महिला र ८३ जना पुरूष गरी  कुल ९२ जना सम्मिलित तालिमको  सर्वप्रथम एवम् शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक निराजन बस्नेत, सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक मोहनसिंह बस्नेत, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक तारा बहादुर तामाङ, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक नविन कुमार शाही, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक ईश्वर महत, मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक श्रीमान चाई तथा प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक दिनेश प्रसाद रिमालज्यू पुरस्कृत हुनुभएको थियो ।

दीक्षान्त समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी, सम्माननीय प्रधानमन्त्रीज्यूका मुख्य सल्लाहकार, प्रधानमन्त्रीज्यूका प्रेस सल्लाहकार, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
"दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न"
२०८२-१०-१३

जनपद प्रहरी समूह तर्फको प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार, प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनुभएका प्रहरी कर्मचारीहरूलाई आज मिति २०८२/१०/१३ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक, सह-निर्देशक, उप -निर्देशक लगायत अन्य सिनियर प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

"विभिन्न खेलका विजेताहरूलाई सम्मान कार्यक्रम सम्पन्न"
२०८२-१०-१३

नेपाल जुडो महासंघको आयोजनामा मिति २०८२।१०।०३ गतेदेखि ऐ.५ गतेसम्म हेटौडामा सम्पन्न “२० औं राष्ट्रिय जुडो प्रतियोगिता २०८२” मा सहभागी भई ६ स्वर्ण, २ रजत र ३ कास्य गरी कूल ११ पदक हासिल गरी टिम प्रथम हुन सफल नेपाल प्रहरीको जुडो टिम, नेपाल कराते महासंघको तत्वावधान, नेपाल सितोरियो कराते शाखा डोजो लैनचौरको आयोजनामा मिति २०८२।१०।०६ गतेदेखि ऐ.०९ गतेसम्म सञ्चालन भएको “काष्ठमण्डप कराते प्रतियोगिता” मा सहभागी भई ७ स्वर्ण, ३ रजत र १ कास्य पदक गरी कूल ११ पदक प्राप्त गरी टिम द्वितीय हुन सफल कराते टिम त्यसैगरी लेटाङ रनको आयोजनामा मिति २०८२/१०/०१ गते मोरङमा सम्पन्न “लेटाङ रन” तथा रोटर्याक्ट क्लब अफ कान्तिपुरको आयोजनामा मिति २०८२/१०/१० गते काठमाडौंमा सम्पन्न “Rota Run 2026 (खुल्ला दौड ९.७ कि.मी.)” र अर्मलाकोट युथ क्लबको आयोजनामा मिति २०८२/१०/०९ गते पोखरामा सम्पन्न “१०औं अर्मलाकोट १२ कि.मी. पर्वतीय दौड प्रतियोगिता-२०८२” मा सहभागी भई पदक प्राप्त गर्न सफल नेपाल प्रहरीका खेलाडी तथा प्रशिक्षकहरुलाई आज मिति २०८२/१०/१३ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी विक्रम शाहज्यूको उपस्थितिमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न ।

"बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न"
२०८२-१०-१२

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं.४८६१ मिति २०८२/१०/०४ गतेको पत्रले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट केन्द्रीय अनुसन्धान व्यूरो, लाजिम्पाट सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक अमरेन्द्र बहादुर सिंहज्यूलाई आज मिति २०८२/१०/१२ गते यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिनेश कुमार आचार्यज्यूले मायाको चिनो प्रदान गरी बिदाई गर्नु भयो । उक्त कार्यक्रममा यस प्रतिष्ठानका सह-निर्देशक लगायत अन्य सिनियर प्रहरी कर्मचारीहरूको समेत उपस्थिती रहेको थियो ।

बिशिष्ट व्यक्तिको सुरक्षा तालिम सम्पन्न
२०८२-१०-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मिति २०८२/०८/२९ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवसिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६६ औ समूहका प्रशिक्षार्थीहरूसँग मिति २०८२/०९/३० गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रमाण पत्र वितरण गर्नुका साथै राज्यले सुशासन, समृद्दी र बिकासको एजेन्डा बोकेको हालको परिप्रेक्ष्यमा यस तालिमको  महत्व अझ ब्यापक रहेको हुदाँ देशभर शान्ति सुरक्षा कायम राख्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हो भन्ने निर्देशन सम्बोधन समेत प्रदान गर्नु भयो  भने तालिम संयोजक प्रहरी उपरीक्षक नवराज कार्कीज्यूले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।