"रक्तदान कार्यक्रम सम्पन्न"
२०८२-१०-२५
- A
- A-
- A+
आज मिति २०८२ माघ २५ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ७० औं बार्षिकोत्सको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिनेश कुमार आचार्यज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रतिष्ठानका सह निर्देशक, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, उप निर्देशक, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रतिष्ठानमा कार्यरत प्रहरी हवल्दार तथा जवानका साथेै विभिन्न उन्नत तथा आधारभूत तालिमका प्रशिक्षार्थीहरुका साथै सर्वसाधारणको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।