"आर्थिक अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम १३ औं समूहको समापन कार्यक्रम सम्पन्न"
२०८२-१२-२६
- A
- A-
- A+
नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सञ्चालन भएको आर्थिक अपराध अनुसन्धान तालिम १३ औं समूहको आज मिति २०८२/१२/२६ गते नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिनेश कुमार आचार्यज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण-पत्र वितरण गर्नुका साथै प्रमुख अतिथिज्यूले निर्देशन सम्बोधन गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले तालिम सम्बन्धी प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो ।