प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कवाज तथा बाह्य प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

२०८३-०२-२७

  • A
  • A-
  • A+
Share

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित ५४ कार्यदिन अवधिको कवाज प्रशिक्षक प्रशिक्षण (प्र.ह./प्र.ज.) तालिम २९ औं समूहको आज मिति २०८३/०२/२७ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आथित्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्याक्रममा प्रमुख अतिथिज्यूबाट प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गर्नुका साथै अमुल्य निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक सरिता मचामसीबाट तालिम सम्बन्धि संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

सम्बन्धित समाचार
राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा पदक विजेता नेपाल प्रहरीका खेलाडी तथा अफिसियल सम्मानित
२०८३-०३-१८

नेपाल एथ्लेटिक्स संघको आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वयमा मिति २०८३/०३/०५ देखी ऐ. ७ गतेसम्म सुर्खेतमा सम्पन्न  ४६औं नेशनल एथ्लेटिक्स च्याम्पियनसिप  र एथ्लेटिक्स परिवार नेपालको आयोजनामा मिति २०८३/०३/११ र १२ गते त्रिपुरेश्‍वरस्थित दशरथ रंगशालामा सम्पन्न “4th National Golden Athletics Meet-2026” मा पदक प्राप्त गर्न सफल नेपाल प्रहरीका एथ्लेटिक्स खेलाडी तथा अफिसियलहरूलाई यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूद्वारा बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।

विमानस्थल सुरक्षा तालिम ११ औँ समूहको समापन कार्यक्रम सम्पन्न
२०८३-०३-१७

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागञ्जमा सञ्चालन भएको विमानस्थल सुरक्षा  तालिम ११ औँ समूहको मिति २०८३/०३/१७ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमूख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रहरी अधिकृतहरूलाई प्रमाण पत्र वितरण गर्नुका साथै विमानस्थल सुरक्षा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारको विषय रहेकोले यस्तो संवेदनशील क्षेत्रमा खटिँदा तालिमबाट प्राप्त ज्ञान र सीपको पूर्णत: कार्यान्वयन गर्नुपर्ने विषयमा निर्देशन दिनुभएको थियो । उक्त कार्यक्रममा नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका डाईरेक्टर रिन्जी शेर्पाज्यू, प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. दिनेश कुमार आचार्यज्यू लगायत अन्य सिनियर प्रहरी अधिकृतहरूको समेत उपस्थितिमा तालिम संयोजक प्र.ना.उ. रूपा थापाज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

नेपाल प्रहरी कुस्ती टिमको गौरवपूर्ण उपलब्धिमा सम्मान कार्यक्रम सम्पन्न
२०८३-०३-१६

नेपाल कुस्ती संघको आयोजनामा मिति २०८३/०३/१४ र १५ गते काठमाडौंमा सञ्चालन भएको "चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता २०८३(महिला/पुरुष)" मा ५ स्वर्ण हासिल गरि टिम प्रथम हुनुका साथै उत्कृष्ट महिला खेलाडी घोषित हुन सफल मनिषा सिंह लगायत नेपाल प्रहरी कुस्ती टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरूलाई यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूद्वारा बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।

"प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४ औं समूहको दिक्षान्त समारोह समापन
२०८३-०३-१६

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रतिष्ठानमा संचालित "प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४ औं समूहको मिति २०८३/०३/१६ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भयो । प्रमुख अतिथिज्यूले विभिन्न विधाहरूमा उत्कृष्ट तालिम हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार बितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको उक्त समापन कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. श्री दिनेश कुमार आचार्यज्यूबाट प्रशिक्षार्थीहरूलाई शब्द उच्चारण सहित शपथ ग्रहण गराउनु भएको थियो भने तालिम संयोजक प्र.उ. अनुपम श्रेष्ठज्यूले तालिम सम्बन्धि संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । 

नेपाल प्रहरीकी एरिका गुरुङद्वारा कास्य पदक जित
२०८३-०३-११

काठमाडौं, असार — मित्रराष्ट्र इण्डोनेसियाको वाली शहरमा २०८३ साल असार ४ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको "22nd Asian Senior Karate Championship 2026" मा नेपालका तर्फबाट प्रतिस्पर्धा गरेकी नेपाल प्रहरीकी कराते खेलाडी एरिका गुरुङले कास्य पदक जित्न सफल भएकी छिन्।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गुरुङले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाएकी हुन्। उनको यस उपलब्धिले नेपाली कराते खेलको विकास तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।नेपाल प्रहरी परिवारले गुरुङको उल्लेखनीय सफलताप्रति हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत थप सफलताको शुभकामना व्यक्त गरेको छ।