प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विमानस्थल सुरक्षा तालिम ११ औँ समूहको समापन कार्यक्रम सम्पन्न

२०८३-०३-१७

  • A
  • A-
  • A+
Share

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागञ्जमा सञ्चालन भएको विमानस्थल सुरक्षा  तालिम ११ औँ समूहको मिति २०८३/०३/१७ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमूख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रहरी अधिकृतहरूलाई प्रमाण पत्र वितरण गर्नुका साथै विमानस्थल सुरक्षा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारको विषय रहेकोले यस्तो संवेदनशील क्षेत्रमा खटिँदा तालिमबाट प्राप्त ज्ञान र सीपको पूर्णत: कार्यान्वयन गर्नुपर्ने विषयमा निर्देशन दिनुभएको थियो । उक्त कार्यक्रममा नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका डाईरेक्टर रिन्जी शेर्पाज्यू, प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. दिनेश कुमार आचार्यज्यू लगायत अन्य सिनियर प्रहरी अधिकृतहरूको समेत उपस्थितिमा तालिम संयोजक प्र.ना.उ. रूपा थापाज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सम्बन्धित समाचार
स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न
२०८३-०४-०६

मिति २०८३ श्रावण ०५ गते निमित्त प्रहरी महानिरीक्षक तथा यस प्रतिष्ठानका कार्यकारी निर्देशक राजन अधिकारीज्यूद्धारा भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतीय राजदुतावासका प्रतिनिधिज्यूहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो । 

विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न
२०८३-०४-०१

मिति २०८३/०४/०१ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा यस प्रतिष्ठानबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल सरुवा हुनु भएका प्राविधिक प्रहरी उपरीक्षक सुनिल कुमार वरनवालज्यू, बागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडा सरुवा हुनु भएका प्रहरी निरीक्षक सविन कुमार संग्रौलाज्यू तथा उमेर हदको आधारमा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक युवराज बस्नेतज्यूको समेतको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा कार्यकारी निर्देशकज्यूबाट सरुवा भई जानुहुने प्रहरी अधिकृतज्यूहरूलाई आगामी व्यवसायिक जिवनमा संगठनको मुल्य र मान्यता अनुरुप कार्य गर्न निर्देशन तथा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक युवराज बस्नेतज्यूलाई सुखमय पारिवारिक तथा नागरिक जिवनको लागि शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

जुडो आधारभूत तालिम सम्पन्न
२०८३-०३-३०

मिति २०८३/०३/३० गते निमित्त प्रहरी महानिरीक्षक तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा जुडो आधारभूत तालिम ८९ औं समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, पुरस्कार र "Black Belt"(1st Dan) प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो । यस तालिमका तालिम संयोजक प्रहरी निरीक्षक भरत अधिकारीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।