प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरीकी एरिका गुरुङद्वारा कास्य पदक जित

२०८३-०३-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, असार — मित्रराष्ट्र इण्डोनेसियाको वाली शहरमा २०८३ साल असार ४ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको "22nd Asian Senior Karate Championship 2026" मा नेपालका तर्फबाट प्रतिस्पर्धा गरेकी नेपाल प्रहरीकी कराते खेलाडी एरिका गुरुङले कास्य पदक जित्न सफल भएकी छिन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गुरुङले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाएकी हुन्। उनको यस उपलब्धिले नेपाली कराते खेलको विकास तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

नेपाल प्रहरी परिवारले गुरुङको उल्लेखनीय सफलताप्रति हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत थप सफलताको शुभकामना व्यक्त गरेको छ।

सम्बन्धित समाचार
विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न
२०८३-०४-०१

मिति २०८३/०४/०१ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा यस प्रतिष्ठानबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल सरुवा हुनु भएका प्राविधिक प्रहरी उपरीक्षक सुनिल कुमार वरनवालज्यू, बागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडा सरुवा हुनु भएका प्रहरी निरीक्षक सविन कुमार संग्रौलाज्यू तथा उमेर हदको आधारमा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक युवराज बस्नेतज्यूको समेतको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा कार्यकारी निर्देशकज्यूबाट सरुवा भई जानुहुने प्रहरी अधिकृतज्यूहरूलाई आगामी व्यवसायिक जिवनमा संगठनको मुल्य र मान्यता अनुरुप कार्य गर्न निर्देशन तथा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक युवराज बस्नेतज्यूलाई सुखमय पारिवारिक तथा नागरिक जिवनको लागि शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

जुडो आधारभूत तालिम सम्पन्न
२०८३-०३-३०

मिति २०८३/०३/३० गते निमित्त प्रहरी महानिरीक्षक तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा जुडो आधारभूत तालिम ८९ औं समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, पुरस्कार र "Black Belt"(1st Dan) प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो । यस तालिमका तालिम संयोजक प्रहरी निरीक्षक भरत अधिकारीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।