प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

The Art of Living- Nepal को संयोजकतामा संचालन The Happiness Program-2081 यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतमा समापन कार्यक्रम सम्पन्न

२०८१-०३-२२

  • A
  • A-
  • A+
Share

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाण्डौमा मिति २०८१/०३/१६ गते देखी मिति २०८१/०३/२१ गते सम्म The Art of Living- Nepal को संयोजकतामा संचालन The Happiness Program-2081 यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतमा आज मिति २०८१/०३/२१ गते समापन कार्यक्रम सम्पन्न ।

उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक, The Art Of Living- Nepal का General Secretary प्रभु राम बैध, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, सह-निर्देशक लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत एवम् प्र.व.ह देखि प्र.जहरु समेतको सहभागितामा रहेको थियो ।

सम्बन्धित समाचार
प्यानल छलफल कार्यक्रम सम्पन्न
२०८२-१०-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा मिति २०८२/०८/२९ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवासिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६६ औ समूहका प्रशिक्षार्थीहरूसँग मिति २०८२/०९/३० गते काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलज्यू,  यस प्रतिष्ठान तथा नेपाल पुलिस स्टाफ कलेजका निर्देशक प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सी.ज्यू, ने.प्र.प्र.का. कार्य विभाग, सुरक्षा सेवा निर्देशनालयका, प्रहरी वरिष्ठ उपरीक्षक श्याम कुमार महतोज्यू र नेपाली सेनाका अति बिशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय, नारायणहिटीका प्रमुख सेनानी मनोज ढुंगेलज्यूसँग प्रशिक्षार्थीहरूद्वारा “अति बिशिष्ट/ बिशिष्ट व्यक्तिको सुरक्षामा संलग्न निकायहरूको भूमिका” विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको ।

बिशिष्ट व्यक्तिको सुरक्षा तालिम सम्पन्न
२०८२-१०-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मिति २०८२/०८/२९ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवसिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६६ औ समूहका प्रशिक्षार्थीहरूसँग मिति २०८२/०९/३० गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रमाण पत्र वितरण गर्नुका साथै राज्यले सुशासन, समृद्दी र बिकासको एजेन्डा बोकेको हालको परिप्रेक्ष्यमा यस तालिमको  महत्व अझ ब्यापक रहेको हुदाँ देशभर शान्ति सुरक्षा कायम राख्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हो भन्ने निर्देशन सम्बोधन समेत प्रदान गर्नु भयो  भने तालिम संयोजक प्रहरी उपरीक्षक नवराज कार्कीज्यूले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-III) (प्र.उ. / प्र.ना.उ.) १७ औं समूहको तालिम समापन"
२०८२-०९-२४

आज मिति २०८२/०९/२४ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै नेतृत्वको सक्षमताले नै संगठनको गरिमा र जनविश्वासको आधार तय गर्ने हुँदा जिल्ला कमाण्डरको कार्यशैली, निर्णय क्षमता,व्यवहार र व्यवसायिकताले समग्र प्रहरी सेवाको प्रभावकारिता, जनमुखी चरित्र र व्यवसायिकतालाई प्रतिविम्बित गर्दछ भनी निर्देश गर्नुभयो भने तालिम संयोजक प्रहरी उपरीक्षक अमरेन्द्र बहादुर सिंहज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

“बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न”
२०८२-०९-२२

नेपाल भलिबल संघको आयोजनामा मिति २०८२/०९/११ देखि ऐ. १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कभर्ड हल, त्रिपुरेश्वरमा सञ्चालन भएको “नवौं एन.भि.ए. कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२” मा नेपाल प्रहरी महिला भलिबल टिमले द्वितीय स्थान हासिल गर्नुका साथै प्र.ज. सरस्वती कट्टेल उत्कृष्‍ट सर्भर र पुरुष तर्फ तृतीय स्थान हासिल गर्नुका साथै प्र.स.ह. भिम गाहा उत्कृष्‍ट लिबेरो घोषित हुन सफल भएको त्यसैगरी नेपाल तेक्वान्दो संघको आयोजनामा मिति २०८२/०९/१९ गते काठमाडौं स्थित कलंकीमा सञ्चालन भएको “2nd Power Taekwondo Championship 2082” मा प्रथम स्थान हासिल गर्न सफल नेपाल प्रहरीका तेक्वान्दो खेलाडी प्र.का.स. सुमित विष्‍ट तथा हात्तीखोला युवा क्लबको आयोजनामा मिति २०८२/०९/१९ गते बकैया गा.पा.-९, मकवानपुरमा सञ्चालन भएको “प्रथम खुल्ला ५ कि.मि. दौड प्रतियोगिता २०८२” मा द्वितीय स्थान हासिल गर्न सफल नेपाल प्रहरीका एथ्लेटिक्स खेलाडी प्र.ज. नागेश्‍वर अहिर लगायत सहभागी सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई आज मिति २०८२/०९/२२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा हार्दिक बधाई एवम् आगामी दिनहरुमा थप सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रम सम्पन्न ।