प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी टेबल टेनिस टिम ४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा टिम च्याम्पियन

२०८३-०२-१८

  • A
  • A-
  • A+
Share

अखिल नेपाल टेबल टेनिस संघ को आयोजनामा राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र लैनचौरमा जेठ १४ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको ४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिता २०८३ मा नेपाल प्रहरी टेबल टेनिस टिम टिम च्याम्पियन बन्न सफल भएको छ।

प्रतियोगितामा नेपाल प्रहरीको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित कुल ११ पदक जितेर प्रथम स्थान हासिल गरेको हो।

प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्दै विभिन्न विधामा पदक जित्न सफल नेपाल प्रहरी टेबल टेनिस टिमलाई खेलकुद क्षेत्रका सरोकारवालाहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। टोलीको यस सफलताले नेपाल प्रहरीको खेलकुद क्षेत्रमा रहेको योगदान र क्षमता पुनः स्थापित गरेको छ।

नेपाल प्रहरी टेबल टेनिस टिमको यो उपलब्धिले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार
जुडो आधारभूत तालिम सम्पन्न
२०८३-०३-३०

मिति २०८३/०३/३० गते निमित्त प्रहरी महानिरीक्षक तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा जुडो आधारभूत तालिम ८९ औं समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, पुरस्कार र "Black Belt"(1st Dan) प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो । यस तालिमका तालिम संयोजक प्रहरी निरीक्षक भरत अधिकारीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८३-०३-२३

नेपाल प्रहरी प्रधान कार्यालय,कर्मचारी प्रशासन शाखाको च.नं. ८२६६ मिति २०८३/०३/१९ गतेको पत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनुभएका संजय कार्की, राजेन्द्र रावल र पुष्कर बहादुर धानुक तथा जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा विशेष बढुवा हुनुहुने राष्ट्रिय महिला कबड्डी टिमकी कप्तान मानमति बिष्टलाई आज मिति २०८३/०३/२३ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको । 

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८३-०३-२३

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं. ८२६६ मिति २०८३/०३/१९ गतेको पत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनुभएका संजय कार्की, राजेन्द्र रावल र पुष्कर बहादुर धानुक तथा जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा विशेष बढुवा हुनुहुने राष्ट्रिय महिला कबड्डी टिमकी कप्तान मानमति बिष्टलाई मिति २०८३/०३/२३ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भयो ।