स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न
२०८३-०२-३०
- A
- A-
- A+
भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यू, नेपाल सरकार तालुक गृह मन्त्रालयका सह-सचिव सुमन घिमिरेज्यू तथा भारत सरकार परराष्ट्र मन्त्रालय सह-सचिव प्रियंका चौहनज्यूको आतिथ्यतामा सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरी, भारतिय राजदुतावासका काउन्सेलर अविनाश कुमार सिंह, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतिय राजदुतावासका प्रतिनिधिज्यूहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।