प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुरक्षा चुनौतीको सम्बोधनमार्फत जनविश्वास निर्माण विषयक कार्यशाला सम्पन्न

२०८३-०३-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, असार ३ - राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा बुधबार “सुरक्षा चुनौतीको सम्बोधन मार्फत जनविश्वासको निर्माण–सिकाइको दृष्टिकोण (Building Public Trust Through Addressing Security Challenges- Learning Perspective)” एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

प्रहरी महानिरीक्षक र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकबीच सम्पन्न कार्यसम्पादन सम्झौता (आर्थिक वर्ष २०८२/०८३) को बुँदा नं. २० अन्तर्गत आयोजित उक्त कार्यशालाको अध्यक्षता प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले गरेका थिए।

कार्यशालामा प्रहरी महानिरीक्षक प्रकाश अर्याल (अ.प्रा.), त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक डा. पिताम्बर भण्डारी, Grabnews Incorporated Pvt. Ltd. का कार्यकारी अध्यक्ष भुषण दाहाल, प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य, प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कडेल (अ.प्रा.) लगायत नेपाल प्रहरी प्रधान कार्यालय, विभिन्न विभाग तथा निर्देशनालय, केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, जिल्ला प्रहरी परिसर तथा अन्य निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बिहान ११:३० बजे सुरु भएको कार्यशालामा सुरक्षा चुनौतीहरूको प्रभावकारी सम्बोधन, सार्वजनिक विश्वास अभिवृद्धि तथा सिकाइका अनुभव आदान–प्रदानका विषयमा छलफल गरिएको थियो। कार्यशाला अपराह्न ०३:०० बजे सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ।

सम्बन्धित समाचार
स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न
२०८३-०४-०६

मिति २०८३ श्रावण ०५ गते निमित्त प्रहरी महानिरीक्षक तथा यस प्रतिष्ठानका कार्यकारी निर्देशक राजन अधिकारीज्यूद्धारा भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतीय राजदुतावासका प्रतिनिधिज्यूहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो । 

विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न
२०८३-०४-०१

मिति २०८३/०४/०१ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा यस प्रतिष्ठानबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल सरुवा हुनु भएका प्राविधिक प्रहरी उपरीक्षक सुनिल कुमार वरनवालज्यू, बागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडा सरुवा हुनु भएका प्रहरी निरीक्षक सविन कुमार संग्रौलाज्यू तथा उमेर हदको आधारमा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक युवराज बस्नेतज्यूको समेतको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा कार्यकारी निर्देशकज्यूबाट सरुवा भई जानुहुने प्रहरी अधिकृतज्यूहरूलाई आगामी व्यवसायिक जिवनमा संगठनको मुल्य र मान्यता अनुरुप कार्य गर्न निर्देशन तथा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक युवराज बस्नेतज्यूलाई सुखमय पारिवारिक तथा नागरिक जिवनको लागि शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

जुडो आधारभूत तालिम सम्पन्न
२०८३-०३-३०

मिति २०८३/०३/३० गते निमित्त प्रहरी महानिरीक्षक तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा जुडो आधारभूत तालिम ८९ औं समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, पुरस्कार र "Black Belt"(1st Dan) प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो । यस तालिमका तालिम संयोजक प्रहरी निरीक्षक भरत अधिकारीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।