प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल पुलिस फुटबल क्लव र IGI PRUDENTIAL INSURANCE Ltd. विच प्रायोजन सम्झौता सम्पन्न

२०८३-०२-२२

  • A
  • A-
  • A+
Share

मिति २०८३/०२/२२ गते, नेपाल पुलिस क्लबको (महिला तथा पुरुष फुटबल टिम) व्यवस्थापन, तयारी, प्रशिक्षण, ब्रान्डिङ र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले नेपाल पुलिस फुटबल क्लव र IGI PRUDENTIAL INSURANCE Ltd. विच आज प्रायोजन सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा IGI PRUDENTIAL INSURANCE Ltd. ले पाँच वर्षसम्मको लागी प्रायोजन उपलब्ध गराउनेछ । यस प्रायोजनले नेपाल पुलिस क्लबका महिला तथा पुरुष फुटबल टिमहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रममा नेपाल पुलिस फुटबल क्लवको तर्फबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक एबं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यू र IGI PRUDENTIAL INSURANCE Ltd. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेस भक्त बादे श्रेष्ठज्यूले हस्ताक्षर गर्नु भई सम्झौता बमोजिमका शर्तहरू पुरा गर्ने सन्दर्भमा दुवै पक्ष प्रतिवद्ध रहने कुरा व्यक्त गर्नु भयो ।

सम्बन्धित समाचार
जुडो आधारभूत तालिम सम्पन्न
२०८३-०३-३०

मिति २०८३/०३/३० गते निमित्त प्रहरी महानिरीक्षक तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा जुडो आधारभूत तालिम ८९ औं समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, पुरस्कार र "Black Belt"(1st Dan) प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो । यस तालिमका तालिम संयोजक प्रहरी निरीक्षक भरत अधिकारीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८३-०३-२३

नेपाल प्रहरी प्रधान कार्यालय,कर्मचारी प्रशासन शाखाको च.नं. ८२६६ मिति २०८३/०३/१९ गतेको पत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनुभएका संजय कार्की, राजेन्द्र रावल र पुष्कर बहादुर धानुक तथा जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा विशेष बढुवा हुनुहुने राष्ट्रिय महिला कबड्डी टिमकी कप्तान मानमति बिष्टलाई आज मिति २०८३/०३/२३ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको । 

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८३-०३-२३

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं. ८२६६ मिति २०८३/०३/१९ गतेको पत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनुभएका संजय कार्की, राजेन्द्र रावल र पुष्कर बहादुर धानुक तथा जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा विशेष बढुवा हुनुहुने राष्ट्रिय महिला कबड्डी टिमकी कप्तान मानमति बिष्टलाई मिति २०८३/०३/२३ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भयो ।