प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

२०८१-०३-२२

  • A
  • A-
  • A+
Share

 नेपाल सरकार र बेलायत सरकार, Foreign Common wealth Development Office (FCDO), UK बीच द्विपक्षीय सम्झैता सन् २०२४ देखी २०२७ सम्म नेपाल प्रहरीमा सुरक्षा र न्याय कार्यक्रम (Security and Justice Programme-SJP) कार्यान्वयन को क्रममा  आज मिति २०८१/०३/२१ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी,निर्देशक,उप- निर्देशक र अन्य सिनियर प्रहरी अधिकृतहरू र UK’s College of Policing (COP)  बेलायतको तर्फवाट  Edward Bell, Team Leader, inclusion Gender and Security, FCDO UK , Stephen Otter, Senior Program Manager, UNOPS बीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न ।

सम्बन्धित समाचार
नेपाल प्रहरी टेबल टेनिस टिम ४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा टिम च्याम्पियन
२०८३-०२-१८

अखिल नेपाल टेबल टेनिस संघ को आयोजनामा राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र लैनचौरमा जेठ १४ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको ४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिता २०८३ मा नेपाल प्रहरी टेबल टेनिस टिम टिम च्याम्पियन बन्न सफल भएको छ।प्रतियोगितामा नेपाल प्रहरीको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित कुल ११ पदक जितेर प्रथम स्थान हासिल गरेको हो।प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्दै विभिन्न विधामा पदक जित्न सफल नेपाल प्रहरी टेबल टेनिस टिमलाई खेलकुद क्षेत्रका सरोकारवालाहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। टोलीको यस सफलताले नेपाल प्रहरीको खेलकुद क्षेत्रमा रहेको योगदान र क्षमता पुनः स्थापित गरेको छ।नेपाल प्रहरी टेबल टेनिस टिमको यो उपलब्धिले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२६ मा नेपाल प्रहरीका लाक्पा निमा शेर्पा प्रथम
२०८३-०२-१५

सोलुखुम्बु, १५ जेठ २०८३ । सोलुखुम्बुमा सम्पन्न तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२६ अन्तर्गत ४२.१९५ किलोमिटर म्याराथन दौडमा नेपाल प्रहरीका एथ्लेटिक्स खेलाडी लाक्पा निमा शेर्पा प्रथम हुन सफल भएका छन्।शेर्पाले निर्धारित दूरी ४ घण्टा ३४ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै प्रतियोगितामा पहिलो स्थान हासिल गरेका हुन्। उनको उत्कृष्ट प्रदर्शनसँगै नेपाल प्रहरी संगठनले थप गौरव प्राप्त गरेको छ।प्रतियोगितामा सहभागी अन्य खेलाडीलाई पछि पार्दै शेर्पाले उपाधि जित्न सफल भएको आयोजकले जनाएको छ। यस उपलब्धिका लागि खेलकुद क्षेत्र तथा विभिन्न तहबाट उनलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
२०८३-०२-१३

मिति २०८३/०२/१३ गते मित्रराष्ट्र मङ्गोलियामा सम्पन्न “9th Asian Taekwondo Poomsae Championships 2026 (G-4)” मा राष्ट्रको प्रतिनिधित्व गरी पेयर पुम्से ईभेन्टमा ऐतिहासिक रजत पदक हासिल गर्न सफल प्रेम बहादुर लिम्बु र आयशा शाक्य तथा एकल पुम्से ईभन्ट कास्य पदक विजेता र उक्त प्रतियोगितामा सहभागी तेक्वान्दो खेलाडीहरू, “One Run” अन्तर्गत २१ कि.मि. दौड ईभेन्टमा स्वर्ण पदक हासिल गर्न सफल नागेश्‍वर अहिर र सुमित्रा कुमारी चौधरी तथा “बि.पि. कोइराला स्मृति राष्‍ट्रिय कराते च्याम्पियनसिप (Champions of Champions League) प्रतियोगिता” मा ८ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १६ पदक हासिल गरी टिम प्रथम हुनुका साथै प्रतियोगिताको सर्वोकृष्‍ट खेलाडी घोषित हुन सफल एरिका गुरुङ लगायत नेपाल प्रहरीका कराते खेलाडी तथा अफिसियलहरूलाई यस प्रतिष्ठानका कार्यकारी निर्देशकज्यूद्वारा बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न भयो । 

१६ पदकसहित नेपाल प्रहरी कराते टिम च्याम्पियन
२०८३-०२-०९

नेपाल कराते महासंघको स्वीकृतिअनुसार यल सितोरियो कराते डो मंगलबजार, ललितपुरको आयोजनामा २०८३ जेठ ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको “बि.पि. कोइराला स्मृति राष्ट्रिय कराते च्याम्पियनसिप (Champions of Champions League) प्रतियोगिता–२०८३” मा नेपाल प्रहरी कराते टिमले उत्कृष्ट प्रदर्शन गर्दै ८ स्वर्ण, ३ रजत तथा ५ कास्यसहित कुल १६ पदक जितेर टिम च्याम्पियन बन्न सफल भएको छ।प्रतियोगितामा नेपाल प्रहरीकी खेलाडी एरिका गुरुङ सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी थिइन्। उक्त उपलब्धिप्रति नेपाल प्रहरी कराते टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई हार्दिक बधाई व्यक्त गरिएको छ।

ललितपुरमा सम्पन्न “One Run” मा सुमित्रा चौधरी र नागेश्वर अहिर प्रथम
२०८३-०२-०९

ललितपुर, २०८३ जेठ ९ — NRS Foundation को आयोजनामा ललितपुरमा सम्पन्न “One Run” अन्तर्गत २१ किलोमिटर दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ उत्कृष्ट प्रतिस्पर्धा देखिएको छ।महिला तर्फ सुमित्रा कुमारी चौधरीले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ३० मिनेट ३८ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्न सफल भइन्। उत्कृष्ट प्रदर्शन गर्दै उनले प्रतियोगिताको उपाधि आफ्नो नाममा पारिन्।त्यसैगरी पुरुष तर्फ नागेश्वर अहिरले निर्धारित दूरी १ घण्टा १४ मिनेट २१ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। उनले सुरुदेखि नै उत्कृष्ट गति कायम राख्दै प्रतिस्पर्धामा अग्रता बनाएका थिए।प्रतियोगितामा विजेता बनेका दुवै खेलाडीलाई आयोजकले हार्दिक बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेको छ।