प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

२०८१-०३-२२

  • A
  • A-
  • A+
Share

 नेपाल सरकार र बेलायत सरकार, Foreign Common wealth Development Office (FCDO), UK बीच द्विपक्षीय सम्झैता सन् २०२४ देखी २०२७ सम्म नेपाल प्रहरीमा सुरक्षा र न्याय कार्यक्रम (Security and Justice Programme-SJP) कार्यान्वयन को क्रममा  आज मिति २०८१/०३/२१ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी,निर्देशक,उप- निर्देशक र अन्य सिनियर प्रहरी अधिकृतहरू र UK’s College of Policing (COP)  बेलायतको तर्फवाट  Edward Bell, Team Leader, inclusion Gender and Security, FCDO UK , Stephen Otter, Senior Program Manager, UNOPS बीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न ।

सम्बन्धित समाचार
“बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न”
२०८२-०९-२२

नेपाल भलिबल संघको आयोजनामा मिति २०८२/०९/११ देखि ऐ. १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कभर्ड हल, त्रिपुरेश्वरमा सञ्चालन भएको “नवौं एन.भि.ए. कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२” मा नेपाल प्रहरी महिला भलिबल टिमले द्वितीय स्थान हासिल गर्नुका साथै प्र.ज. सरस्वती कट्टेल उत्कृष्‍ट सर्भर र पुरुष तर्फ तृतीय स्थान हासिल गर्नुका साथै प्र.स.ह. भिम गाहा उत्कृष्‍ट लिबेरो घोषित हुन सफल भएको त्यसैगरी नेपाल तेक्वान्दो संघको आयोजनामा मिति २०८२/०९/१९ गते काठमाडौं स्थित कलंकीमा सञ्चालन भएको “2nd Power Taekwondo Championship 2082” मा प्रथम स्थान हासिल गर्न सफल नेपाल प्रहरीका तेक्वान्दो खेलाडी प्र.का.स. सुमित विष्‍ट तथा हात्तीखोला युवा क्लबको आयोजनामा मिति २०८२/०९/१९ गते बकैया गा.पा.-९, मकवानपुरमा सञ्चालन भएको “प्रथम खुल्ला ५ कि.मि. दौड प्रतियोगिता २०८२” मा द्वितीय स्थान हासिल गर्न सफल नेपाल प्रहरीका एथ्लेटिक्स खेलाडी प्र.ज. नागेश्‍वर अहिर लगायत सहभागी सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई आज मिति २०८२/०९/२२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा हार्दिक बधाई एवम् आगामी दिनहरुमा थप सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रम सम्पन्न ।

"खेलाडी क्षमता विकास तालिम (जु.प्र.अ./प्र.का.स.) दोस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न"
२०८२-०९-२१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित १६ कार्यदिन अवधिको खेलाडी क्षमता विकास तालिम (जु.प्र.अ./प्र.का.स.) दोस्रो समूहको आज मिति २०८२ पुस २१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथीज्यूबाट प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक रूपा थापाले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

"तेक्वान्दो आधारभूत तालिम ३८ औँ समूहको समापन कार्यक्रम सम्पन्न"
२०८२-०९-२०

मिति २०८२/०२/१९ गते देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा संचालित १५६ कार्यदिन अवधिको तेक्वान्दो आधारभूत तालिम ३८ औँ समूहको आज मिति २०८२/०९/२० गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न गर्नु भई उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा कालो पेटी (Black belt) वितरणका साथै शारीरिक र मानसिक रूपमा स्वस्थ र तन्दुरुस्त रहेर आत्मरक्षाको आधारभूत ज्ञान, सीप र कौशलको प्रयोग गरी व्यक्ति, संगठन र राष्ट्रको छविलाई व्यवसायिक जीवन तथा संगठनको हित हुने गरी समुचित सदुपयोग गर्न समेत निर्देशन दिनुभयो । उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक श्रवण कुमार झाले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

“बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न”
२०८२-०९-१७

अखिल नेपाल फुटबल संघको आयोजनामा मिति २०८२/०३/२० गतेदेखि मिति२०८२/०९/ १४ गतेसम्म एन्फा कम्प्लेक्स, सातदोबाटो, ललितपुरमा सञ्चालन भएको "एन्फा यूथ (यू-१६) लिग फुटबल प्रतियोगिता २०८२" मा कुल २६ खेलमा १९ जित ४ बराबरी र ३ हार सहित ६१ अंक प्राप्त गरी लिग विजेता हुनुका साथै उक्त प्रतियोगितामा समिर कुमार सर्वोत्कृष्ट खेलाडी घोषित हुन सफल र प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति, नवलपुरको आयोजनामा मिति २०८२/०९/१२ गते सञ्चालन भएको "आलोक स्मृती राष्ट्रिय म्याराथन प्रतियोगिता २०८२” अन्तर्गत ५ कि.मि. दौड तर्फ प्रथम स्थान हासिल गर्न सफल नेपाल प्रहरीका एथ्लेटिक्स खेलाडी सुमित्रा कुमारी चौधरी लगायत सहभागी सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई आज मिति २०८२/०९/१६ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा हार्दिक बधाई एवम् आगामी दिनहरुमा थप सफलताको शुभकामना कार्यक्रम सम्पन्न ।

"विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न"
२०८२-०९-११

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं.४२६१ मिति २०८२/०९/०४ गतेको पत्रले  यस प्रतिष्‍ठानबाट नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागमा काज सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक सगुन खड्कालाई मिति २०८२/०९/११ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूले मायाको चिनो प्रदान गरी विदाई गर्नुभयो । साथै उक्त अवसरमा यस प्रतिष्‍ठानका सह- निर्देशक, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य लगायत अन्य सिनियर प्रहरी कर्मचारीहरूको समेत उपस्थिती रहेको थियो ।

"अवकाश प्राप्त प्रहरी बरिष्ठ नायव निरीक्षक तिलाराम बोहराज्यूको विदाई कार्यक्रम सम्पन्न"
२०८२-०९-११

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं.३३७७ मिति २०८२/०८/०४ गतेको पत्रले सेवाबाट अनिवार्य अवकाश हुनु भएका प्रहरी बरिष्ठ नायव निरीक्षक तिलाराम बोहराज्यूलाई आज मिति २०८२/०९/११ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा सेवा निवृत भई  जान लाग्नु भएका प्रहरी बरिष्ठ नायव निरीक्षकलाई मायाको चिनो प्रदान गर्नुका साथै यस प्रतिष्ठानमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै अवकाश पछिको पारिवारिक एवम् सामाजिक जिवन सुखमय रहोस् भनि शुभकामना व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा सेवा निवृत भई जान लाग्नुभएका अवकाश प्राप्त प्र.ब.ना.नि.तिलाराम बोहराज्यूले  अवकाश पछि पनि पूर्व प्रहरीको रुपमा प्रहरी संगठनसंग आवद्ध रहि रहनुका साथै पूर्व प्रहरीको हैसियतले प्रहरी संगठनको श्रीवृद्धिमा आफू निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।