सामुहिक छलफल कार्यक्रम सम्पन्न
२०८१-०५-१९
- A
- A-
- A+
मिति २०८१/०४/०६ गतेदेखि संचालित अपराध अनुसन्धान तालिम
(सि.प्र.अ.) ९७ औं समूहका प्रशिक्षार्थीहरुको आज मिति २०८१/०५/१८ गते नायव
महान्यायाधिवक्ता संजिव राज रेग्मी, माननीय न्यायाधिश माधव प्रसाद घिमिरे,
अधिवक्ता सुवास आचार्य, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी
नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. र नेपाल प्रहरी अपराध अनुसन्धान
विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारी सहितको
सहभागितामा अपराध अनुसन्धान सम्बन्धी वर्तमान अवस्था, समस्या तथा चुनौतीहरूको
विषयमा सामुहिक छलफल कार्यक्रम सम्पन्न भएको थियो ।