प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"तिज विशेष दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न"

२०८१-०५-१९

  • A
  • A-
  • A+
Share

आज मिति २०८१/०५/१९ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका  निर्देशक श्रीमान प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा हरितालिका तिजको अवसरमा आयोजित "तिज विशेष दर खाने कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम" मा प्रतिष्ठानका महिला प्रहरी कर्मचारीहरू, प्रशिक्षार्थीहरू समेतको उपस्थितिमा सम्पन्न भयो । कार्यक्रममा प्रतिष्ठानका निर्देशक ज्यूले विभिन्न तालिममा प्रशिक्षण रत महिला प्रशिक्षार्थीहरू एवम् अन्य स्टाफ महिला प्रहरी कर्मचारीहरूमा घर छोडेर टाढा रहेको महसुस नहोस र एक आपसमा पारिवारीक भावनाको विकास होस भनि शुभकामना समेत व्यक्त गर्नुभयो ।

साथै उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशकहरू, उप-निर्देशकहरू, तथा अन्य सिनियर प्रहरी अधिकृत र प्रतिष्ठानमा कार्यरत महिला प्रहरी कर्मचारीहरू, प्रशिक्षार्थीहरू, खेलाडीहरू समेतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार
बिशिष्ट व्यक्तिको सुरक्षा तालिम सम्पन्न
२०८२-१०-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मिति २०८२/०८/२९ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवसिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६६ औ समूहका प्रशिक्षार्थीहरूसँग मिति २०८२/०९/३० गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रमाण पत्र वितरण गर्नुका साथै राज्यले सुशासन, समृद्दी र बिकासको एजेन्डा बोकेको हालको परिप्रेक्ष्यमा यस तालिमको  महत्व अझ ब्यापक रहेको हुदाँ देशभर शान्ति सुरक्षा कायम राख्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हो भन्ने निर्देशन सम्बोधन समेत प्रदान गर्नु भयो  भने तालिम संयोजक प्रहरी उपरीक्षक नवराज कार्कीज्यूले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्यानल छलफल कार्यक्रम सम्पन्न
२०८२-१०-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा मिति २०८२/०८/२९ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवासिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६६ औ समूहका प्रशिक्षार्थीहरूसँग मिति २०८२/०९/३० गते काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलज्यू,  यस प्रतिष्ठान तथा नेपाल पुलिस स्टाफ कलेजका निर्देशक प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सी.ज्यू, ने.प्र.प्र.का. कार्य विभाग, सुरक्षा सेवा निर्देशनालयका, प्रहरी वरिष्ठ उपरीक्षक श्याम कुमार महतोज्यू र नेपाली सेनाका अति बिशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय, नारायणहिटीका प्रमुख सेनानी मनोज ढुंगेलज्यूसँग प्रशिक्षार्थीहरूद्वारा “अति बिशिष्ट/ बिशिष्ट व्यक्तिको सुरक्षामा संलग्न निकायहरूको भूमिका” विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको ।

“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-III) (प्र.उ. / प्र.ना.उ.) १७ औं समूहको तालिम समापन"
२०८२-०९-२४

आज मिति २०८२/०९/२४ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै नेतृत्वको सक्षमताले नै संगठनको गरिमा र जनविश्वासको आधार तय गर्ने हुँदा जिल्ला कमाण्डरको कार्यशैली, निर्णय क्षमता,व्यवहार र व्यवसायिकताले समग्र प्रहरी सेवाको प्रभावकारिता, जनमुखी चरित्र र व्यवसायिकतालाई प्रतिविम्बित गर्दछ भनी निर्देश गर्नुभयो भने तालिम संयोजक प्रहरी उपरीक्षक अमरेन्द्र बहादुर सिंहज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।