प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी पौडी टिम प्रथम, देवान्सी जोशी र इर्भिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित

२०८३-०२-२५

  • A
  • A-
  • A+
Share

नेपाल पौडी संघको आयोजनामा मिति २०८३ जेठ २३ र २४ गते सम्पन्न “3rd Nepal Aquatics Championship 2026” मा नेपाल प्रहरी पौडी टिमले उत्कृष्ट प्रदर्शन गर्दै समग्र टिम च्याम्पियन बन्न सफल भएको छ।

प्रतियोगितामा नेपाल प्रहरीको टोलीले १७ स्वर्ण, ६ रजत र ११ कास्य पदकसहित कुल ३४ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका नेपाल प्रहरीका खेलाडी देवान्सी जोशी उत्कृष्ट महिला खेलाडी घोषित भइन् भने इर्भिन श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडी घोषित हुन सफल भए।

नेपाल प्रहरी पौडी टिमका खेलाडीहरूले विभिन्न स्पर्धाहरूमा उल्लेखनीय प्रदर्शन गर्दै संस्थाको गौरव बढाएका छन्। प्रतियोगितामा प्राप्त यस सफलताले नेपाली पौडी खेलको विकास तथा नेपाल प्रहरीभित्र रहेका खेल प्रतिभाको उजागर गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ।

उक्त उपलब्धिका लागि उत्कृष्ट महिला खेलाडी देवान्सी जोशी, उत्कृष्ट पुरुष खेलाडी इर्भिन श्रेष्ठ लगायत नेपाल प्रहरी पौडी टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरूलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ।

सम्बन्धित समाचार
जुडो आधारभूत तालिम सम्पन्न
२०८३-०३-३०

मिति २०८३/०३/३० गते निमित्त प्रहरी महानिरीक्षक तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा जुडो आधारभूत तालिम ८९ औं समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, पुरस्कार र "Black Belt"(1st Dan) प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो । यस तालिमका तालिम संयोजक प्रहरी निरीक्षक भरत अधिकारीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८३-०३-२३

नेपाल प्रहरी प्रधान कार्यालय,कर्मचारी प्रशासन शाखाको च.नं. ८२६६ मिति २०८३/०३/१९ गतेको पत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनुभएका संजय कार्की, राजेन्द्र रावल र पुष्कर बहादुर धानुक तथा जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा विशेष बढुवा हुनुहुने राष्ट्रिय महिला कबड्डी टिमकी कप्तान मानमति बिष्टलाई आज मिति २०८३/०३/२३ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको । 

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८३-०३-२३

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं. ८२६६ मिति २०८३/०३/१९ गतेको पत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनुभएका संजय कार्की, राजेन्द्र रावल र पुष्कर बहादुर धानुक तथा जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा विशेष बढुवा हुनुहुने राष्ट्रिय महिला कबड्डी टिमकी कप्तान मानमति बिष्टलाई मिति २०८३/०३/२३ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भयो ।