प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

GLOBAL CHAMPIONS LEAGUE’24, Season 2” मा नेपाल प्रहरी प्रथम स्थान हासिल गर्न सफल

२०८१-०६-१४

  • A
  • A-
  • A+
Share

Stag Champions Table Tennis Academy Pvt. Ltd. को आयोजनामा मिति २०८१/०६/०७ गतेदेखि ऐ. १२ गतेसम्म काठमाडौंमा सञ्चालन भएको STAG GLOBAL CHAMPIONS LEAGUE’24, Season 2” मा नेपाल प्रहरी टेबल टेनिस टिमका खेलाडी सहभागी भई टिम च्याम्पियन हुन सफल NRS Sports Foundation को आयोजनामा मिति २०८१।०६।१२ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सञ्चालन भएको 16th Kathmandu Marathonमा ५ कि.मी. दौड ईभन्टसमा  निर्धारित दुरी १७ मिनेट ५७ सेकेण्डमा पुरा गरी नेपाल प्रहरीका एथ्लेटिक्स खेलाडी प्र.ज. नागेश्‍वर अहिरले प्रथम स्थान हासिल गर्न सफल भएको ।

सम्बन्धित समाचार
नेपाल पुलिस फुटबल क्लव र IGI PRUDENTIAL INSURANCE Ltd. विच प्रायोजन सम्झौता सम्पन्न
२०८३-०२-२२

मिति २०८३/०२/२२ गते, नेपाल पुलिस क्लबको (महिला तथा पुरुष फुटबल टिम) व्यवस्थापन, तयारी, प्रशिक्षण, ब्रान्डिङ र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले नेपाल पुलिस फुटबल क्लव र IGI PRUDENTIAL INSURANCE Ltd. विच आज प्रायोजन सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा IGI PRUDENTIAL INSURANCE Ltd. ले पाँच वर्षसम्मको लागी प्रायोजन उपलब्ध गराउनेछ । यस प्रायोजनले नेपाल पुलिस क्लबका महिला तथा पुरुष फुटबल टिमहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।उक्त कार्यक्रममा नेपाल पुलिस फुटबल क्लवको तर्फबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक एबं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यू र IGI PRUDENTIAL INSURANCE Ltd. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेस भक्त बादे श्रेष्ठज्यूले हस्ताक्षर गर्नु भई सम्झौता बमोजिमका शर्तहरू पुरा गर्ने सन्दर्भमा दुवै पक्ष प्रतिवद्ध रहने कुरा व्यक्त गर्नु भयो ।

नेपाल प्रहरी टेबल टेनिस टिम ४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा टिम च्याम्पियन
२०८३-०२-१८

अखिल नेपाल टेबल टेनिस संघ को आयोजनामा राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र लैनचौरमा जेठ १४ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको ४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिता २०८३ मा नेपाल प्रहरी टेबल टेनिस टिम टिम च्याम्पियन बन्न सफल भएको छ।प्रतियोगितामा नेपाल प्रहरीको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित कुल ११ पदक जितेर प्रथम स्थान हासिल गरेको हो।प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्दै विभिन्न विधामा पदक जित्न सफल नेपाल प्रहरी टेबल टेनिस टिमलाई खेलकुद क्षेत्रका सरोकारवालाहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। टोलीको यस सफलताले नेपाल प्रहरीको खेलकुद क्षेत्रमा रहेको योगदान र क्षमता पुनः स्थापित गरेको छ।नेपाल प्रहरी टेबल टेनिस टिमको यो उपलब्धिले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२६ मा नेपाल प्रहरीका लाक्पा निमा शेर्पा प्रथम
२०८३-०२-१५

सोलुखुम्बु, १५ जेठ २०८३ । सोलुखुम्बुमा सम्पन्न तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२६ अन्तर्गत ४२.१९५ किलोमिटर म्याराथन दौडमा नेपाल प्रहरीका एथ्लेटिक्स खेलाडी लाक्पा निमा शेर्पा प्रथम हुन सफल भएका छन्।शेर्पाले निर्धारित दूरी ४ घण्टा ३४ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै प्रतियोगितामा पहिलो स्थान हासिल गरेका हुन्। उनको उत्कृष्ट प्रदर्शनसँगै नेपाल प्रहरी संगठनले थप गौरव प्राप्त गरेको छ।प्रतियोगितामा सहभागी अन्य खेलाडीलाई पछि पार्दै शेर्पाले उपाधि जित्न सफल भएको आयोजकले जनाएको छ। यस उपलब्धिका लागि खेलकुद क्षेत्र तथा विभिन्न तहबाट उनलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
२०८३-०२-१३

मिति २०८३/०२/१३ गते मित्रराष्ट्र मङ्गोलियामा सम्पन्न “9th Asian Taekwondo Poomsae Championships 2026 (G-4)” मा राष्ट्रको प्रतिनिधित्व गरी पेयर पुम्से ईभेन्टमा ऐतिहासिक रजत पदक हासिल गर्न सफल प्रेम बहादुर लिम्बु र आयशा शाक्य तथा एकल पुम्से ईभन्ट कास्य पदक विजेता र उक्त प्रतियोगितामा सहभागी तेक्वान्दो खेलाडीहरू, “One Run” अन्तर्गत २१ कि.मि. दौड ईभेन्टमा स्वर्ण पदक हासिल गर्न सफल नागेश्‍वर अहिर र सुमित्रा कुमारी चौधरी तथा “बि.पि. कोइराला स्मृति राष्‍ट्रिय कराते च्याम्पियनसिप (Champions of Champions League) प्रतियोगिता” मा ८ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १६ पदक हासिल गरी टिम प्रथम हुनुका साथै प्रतियोगिताको सर्वोकृष्‍ट खेलाडी घोषित हुन सफल एरिका गुरुङ लगायत नेपाल प्रहरीका कराते खेलाडी तथा अफिसियलहरूलाई यस प्रतिष्ठानका कार्यकारी निर्देशकज्यूद्वारा बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न भयो । 

१६ पदकसहित नेपाल प्रहरी कराते टिम च्याम्पियन
२०८३-०२-०९

नेपाल कराते महासंघको स्वीकृतिअनुसार यल सितोरियो कराते डो मंगलबजार, ललितपुरको आयोजनामा २०८३ जेठ ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको “बि.पि. कोइराला स्मृति राष्ट्रिय कराते च्याम्पियनसिप (Champions of Champions League) प्रतियोगिता–२०८३” मा नेपाल प्रहरी कराते टिमले उत्कृष्ट प्रदर्शन गर्दै ८ स्वर्ण, ३ रजत तथा ५ कास्यसहित कुल १६ पदक जितेर टिम च्याम्पियन बन्न सफल भएको छ।प्रतियोगितामा नेपाल प्रहरीकी खेलाडी एरिका गुरुङ सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी थिइन्। उक्त उपलब्धिप्रति नेपाल प्रहरी कराते टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई हार्दिक बधाई व्यक्त गरिएको छ।