प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको दीक्षान्त समारोह सम्पन्‍न

२०८१-०६-२२

  • A
  • A-
  • A+
Share

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान, महाराजगञ्जमा सञ्चालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको आज मिति २०८१ असोज २२ गते नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक श्रीमान् बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ । प्रमुख अतिथिज्यूले विभिन्न विधाहरुमा उत्कृष्ट तालिम हासिल गर्ने प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै निर्देशन सम्बोधनको क्रममा अबका कार्यक्षेत्रहरू चुनौतीपूर्ण रहेको र चुनौतीपूर्ण कार्यक्षेत्रमा सकारात्मक परिणाम दिनसक्ने गरी प्रतिष्ठानले प्रशिक्षित गरेको कुरा विश्वास व्यक्त गर्नुभयो । उहाँले Chain of Command नेपाल प्रहरीले अवलम्बन गर्दै आएको महत्वपूर्ण Professional Culture भएको हुनाले Chain of Command भन्दा बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पना प्रति संगठन कठोर रहेको कुरामा जोड दिनुभएको थियो । प्रमुख अतिथिज्यूले प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको प्रशिक्षण गतिविधिहरू समेटी प्रकाशन गरिएको “संकल्प” विमोचन समेत गर्नु भएको थियो ।

 

यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूद्वारा प्रमुख अतिथिज्यू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गरी आज दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई शब्द उच्चारण सहित शपथ ग्रहण गराउनु भएको थियो । उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईज्यूले स्वागत मन्तव्य गर्नुका साथै तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

उक्त कार्यक्रममा ने.प्र.प्र.का.मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री भीम प्रसाद ढकालज्यू, विभिन्न कार्यालयहरुमा कार्यरत प्रहरी नायब महानिरीक्षकज्यूहरु, प्रहरी बरिष्ठ उपरीक्षकज्यूहरु, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, अन्य प्रहरी कर्मचारीहरू र आज दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी अधिकृतका (प्राविधिक) आदरणीय अभिभावकज्यूहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
“घरेलु हिंसा उजुरी सुनुवाई तथा मेल मिलाप सीप विकास प्रशिक्षक प्रशिक्षण कार्यशाला”
२०८१-०९-०१

आज मिति २०८१।०९।०१ गते बेलायत सरकार र Foreign Commonwealth and Development Office UK को आर्थिक सहयोगमा United Nations Office for Project Service (UNOPS) द्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एक दिवसीय “घरेलु हिंसा उजुरी सुनुवाई तथा मेल मिलाप सीप विकास प्रशिक्षक प्रशिक्षण कार्यशाला” गोष्ठिमा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, Senior Programme Manager, UNOPS का Stephen Otters, GESI Officers, UNOPS का कृति थापा र CPP-GBV- Specialist, UNOPS तथा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीको उपस्थितिमा गोष्ठी कार्यक्रम सम्पन भयो ।

हार्दिक बधाई एवम् शुभकामना
२०८१-०८-२७

मिति २०८१।०८।२१ गतेदेखि ऐ. २४ गतेसम्म मित्रराष्ट्र भियतनाममा सञ्चालन भएको "Vietnam 2024 Asian Open Police Taekwondo Championship" मा ३ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ७ पदक हासिल गर्न सफल नेपाल प्रहरीका तेक्वान्दो खेलाडीहरुलाई आज मिति २०८१/०८/२७ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूबाट हार्दिक बधाई एवम् आगामी दिनहरुमा थप सफलताको शुभकामना  समेत व्यक्त गर्नु भयो ।पदकहरुः१.     प्र.स.ह. जित बहादुर बोट  (स्वर्ण-२)२.     प्र.ज. निशा दर्नाल  (स्वर्ण- २)३.     प्र.ज. प्रेम बहादुर लिम्बु –(रजक -१)४.     प्र.ज. अस्विन राउत  (कास्य- १)५.     प्र.ज. अन्जान चौधरी (कास्य -१६.     प्र.ज. रमिला लामा (कास्य-१)  

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८१-०८-२७

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ३१००, प्रहरी उपरीक्षकको मिति २०८१/०८/२४ गतेको निर्णयानुसार जनपद तर्फको प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा पदोन्नति हुनुभएका प्रहरी बरिष्ठ हवल्दारहरु लाल बहादुर बराम, र चेतन घिमिरेलाई यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१ मंसिर २७ गते दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले बढुवा हुनु भएका प्रहरी बरिष्ठ हवल्दारलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै पदोन्नतिसँगै भोलिका दिनमा अझ जिम्मेवारी भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियासिल भई पदिय जवाफदेहिताको लागि राज्य, संगठन र जनता प्रति अनुग्रहित हुदैं कुशलतापूर्वक कार्यसम्पादन गर्न समेत निर्देशन दिनु भएको थियो ।

“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II) तालिम” २४ औं समूहको अन्तर्क्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८१-०८-२४

यस राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान, महाराजगञ्जमा संचालन भएको अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II) तालिम” २४ औं समूहको प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१/०८/२४ गते अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भयो । अन्तरक्रियाको क्रममा प्रशिक्षार्थीहरूको सुझावहरू ग्रहण गर्नुका साथै तालिम व्यवस्थापन र वर्तमान अवस्थाका प्रहरीका कमाण्ड चुनौतीका सम्बन्धमा आएका जिज्ञासाहरू सम्बोधन गर्नु भएको थियो । प्रमुख अथितिज्यूले दिक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण एवं उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्ने क्रममा अहिलेको समय भनेको सामाजिक वातावरणिय अवस्थालाई मध्यनजर गरी Proactive Policing समेत गर्दै श्रीवृद्धि गराउने कुरामा जोड दिनु भयो साथै तालिमको दौरानमा सिकेका सैद्धान्तिक तथा व्यावहारिक ज्ञानले प्रशिक्षार्थीहरूको कमाण्ड व्यवस्थापनलाई थप मजबुत बनाउने जसबाट संगठनको आन्तरिक शुद्धिकरण र सुद्धिकरण गर्नको निमित्त मद्धत पुग्न सक्ने व्यहोरा समेत जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशकज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानार्चाय, उप निर्देशकहरू लगायत अन्य सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृत एवं प्रशिक्षक वर्गको समेत उपस्थित रहेको थियो ।