प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निरीक्षण कार्यक्रम सम्पन्न

२०८१-०७-०४

  • A
  • A-
  • A+
Share

आज मिति २०८१/०७/०४ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट साप्ताहिक निरीक्षण कार्यक्रम अन्तर्गत यस प्रतिष्ठानको क्वार्टर गार्ड, बाधापार क्षेत्र, कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी, विभिन्न आधारभूत तथा उन्नत तालिमका प्रशिक्षार्थीहरुको निरीक्षण लगायत आधारभूत तालिममा तालिमरत प्रशिक्षार्थीहरूबाट कवाज प्रदर्शन समेत भएको थियो ।

सम्बन्धित समाचार
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८३-०२-०१

नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको च.नं. ७०२०, मिति २०८३/०१/२९ गतेको प्रत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी नायब निरीक्षक बिष्णु प्रसाद रिमाललाई मिति २०८३/०२/०१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यमा दर्ज्यानी चिन्ह द्वारा सुशोभित गर्नु भयो ।उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक,सह- निर्देशक,नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, उप-निर्देशक लगायत सिनियर प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी फुटबल टिमलाई बधाई तथा सम्मान
२०८३-०१-३०

राईनो क्लबको आयोजनामा मिति २०८३/०१/१२ गतेदेखि ऐ. २३ गतेसम्म मध्यविन्दु-४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सञ्चालन भएको “आठौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०८३” मा प्रथम स्थान हासिल गरेका र कोहलपुर रेसिङ साहारा क्लब कोहलपुरको आयोजनामा मिति २०८३/०१/१९ गतेदेखि ऐ. २६ गतेसम्म सञ्चालन भएको “चौथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता २०८३” मा द्वितीय स्थान हासिल गरेका नेपाल प्रहरी पुरुष फुटबल टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरूलाई यस प्रतिष्ठानका कार्यकारी निर्देशकज्यूद्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न !!

आर्चरीमा नेपाल प्रहरीको उत्कृष्ट प्रदर्शन, ११ पदक जित्न सफल
२०८३-०१-२८

नेपाल आर्चरी संघको आयोजनामा मिति २०८३ वैशाख २६ गतेदेखि २८ गतेसम्म पोखरा स्थित आर्चरी मैदानमा सञ्चालन भएको “१३औं राष्ट्रिय आर्चरी प्रतियोगिता–२०८३” मा नेपाल प्रहरीका आर्चरी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्ण, ४ रजत र २ कास्यसहित कुल ११ पदक हासिल गरेका छन्।प्रतियोगितामा नेपाल प्रहरी टोलीले विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उल्लेखनीय सफलता हासिल गरेको हो। उक्त उपलब्धिले नेपाल प्रहरीको खेलकुद क्षेत्रमा रहेको सक्रियता, अनुशासन तथा प्रतिस्पर्धात्मक क्षमतालाई थप उजागर गरेको छ। प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई नेपाल प्रहरी परिवारले हार्दिक बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेको छ।

नेपाल प्रहरी महानिरीक्षकको उपस्थितिमा PLSC Batch 02 उद्घाटन सम्पन्न
२०८३-०१-२८

Masters in Police Sciences (MPS) कार्यक्रम समावेश गरिएको Police Leadership and Staff Course (PLSCE Batch 02) को उद्घाटन कार्यकम मिति २०८३ वैशाख २८ गते सम्पन्नल भएको छ । उक्त समारोहमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।प्रहरी महानिरीक्षक कार्कीले औपचारिक समारोहमा पानसमा दीप प्रज्वलन गरी पाठ्यक्रमको उद्घाटन गर्नुभएको थियो।समारोहमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसे, मानवस्रोत व्यवस्थापन विभाग प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक राजन अधिकारी, राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक अतिरिक्त प्रहरी महानिरीक्षक सिद्धि विक्रम शाह, MPS सल्लाहकार प्रा. डा. राजीव विक्रम राणा, आन्तरिक फ्याकल्टी संयोजक (अवकाशप्राप्त) अतिरिक्त प्रहरी महानिरीक्षक देवेन्द्र सुवेदी, कलेज निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

दर्ज्यानी चिन्ह सुशोभन तथा खेल सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न
२०८३-०१-२३

मिति २०८३।०१।२३ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्‍जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं. ६७९९, मिति २०८३/०१/११ गतेको पत्रदेशानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम ३९ बमोजिम जनपद प्रहरी समूह तर्फको प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा विशेष बढुवा हुनुभएका नेपाल पुलिस क्लब क्रिकेट टिमका क्याप्टेन म. आरीफ शेखलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले माया ग्रुप यु.के. र नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय बिच २०२६ देखि २०२७ सम्म नेपाल पुलिस क्रिकेट टिमका लागि खेल सामग्री प्रायोजन गर्ने सम्झौता भए अनुरुप प्राप्त खेल सामग्रीहरू नेपाल पुलिस क्लब क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरूलाई प्रदान गर्नुभएको थियो ।

आठौं राईनो संरक्षण गोल्डकपको उपाधि नेपाल प्रहरीलाई
२०८३-०१-२३

नेपाल प्रहरी पुरुष फुटबल टोलीले आठौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०८३ मा प्रथम स्थान हासिल गरेको छ। राईनो क्लबको आयोजनामा मिति २०८३ वैशाख १२ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरी टोली उपाधि जित्न सफल भएको हो। प्रतियोगितामा टोलीका प्रशिक्षक चेत कुमार घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। टोलीको उत्कृष्ट प्रदर्शनमा खेलाडी तथा अफिसियलहरूको महत्वपूर्ण योगदान रहेको बताइएको छ।उक्त सफलताप्रति नेपाल प्रहरी पुरुष फुटबल टिमका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई हार्दिक बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरिएको छ।