प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

Post Graduate Diploma In Police Sciences (PGDPS) 14th Batch को समुद्‍घाटन कार्यक्रम सम्पन्न

२०८१-०७-०५

  • A
  • A-
  • A+
Share

मितिः- २०८१/०७/०५ गते ।

नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१/०७/०५ गते एक समारोहका बीच “प्रहरी निरीक्षक आधारभूत तालिम” १-१८३ औं समूह अन्तर्गत त्रिभुवन विश्‍वविद्यालयको सम्बन्धनमा संचालित Post Graduate Diploma in Police Sciences (PGDPS) 14th Batch को समुद्घाटन कार्यक्रम सम्पन्‍प भयो । समुद्घाटन समारोहमा प्रमुख अतिथिज्यूले मन्तव्य व्यक्त गर्ने क्रममा नव प्रवेशी प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई यस प्रशिक्षणको दौरानमा आफूलाई शारीरिक तथा मानसिक रुपमा बलियो बनाई जस्तोसुकै कठिन परिस्थिको सामना गर्न सक्ने सामर्थ्य भएको प्रहरी अधिकृत बन्नुपर्ने तथा प्रहरी राष्ट्र सेवक भएकोले कार्य सम्पादन गर्ने क्रममा विशेष गरी समाज तथा जनताको हित हुने कार्य गर्न निर्देशन दिनुभयो ।

साथै प्रहरी निरीक्षक आधारभूत तालिम प्रहरी संगठनको सबै भन्दा माथिल्लो प्रवेश विन्दुमा दिईने आधारभूत प्रहरी तालिम भएकोले यसलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले विशेष अभिरुचि र प्राथमिकताका साथ हेर्ने गरेको कुरा व्यक्त गर्नुभयो । आधारभुत तालिममा समावेश Post Graduate Diploma in Police Sciences (PGDPS) कार्यक्रम प्रहरी सेवा अवधिभर महत्वपूर्ण रहने कुरा व्यक्त गर्दै प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई तालिम अवधिभर मेहनत र अनुशासनलाई पहिलो प्राथमिकतामा राख्न निर्देशित गर्नुभएको थियो । उक्त कार्यक्रममा उपस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. श्री डिल्लीराज शर्माज्यूले समेत छोटो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामेश्‍वर पौडेलज्यूले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त तालिममा फ्रेस तर्फका ३० जना र विभागीय तर्फका ६५ जना गरी कुल ९५ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको सहभागिता रहेका थिए ।

समुद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माज्यू, सहायक डीन डा. हरी प्रसाद अधिकारीज्यू, ने.प्र.प्र.का. मानवश्रोत विकास विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री भीम प्रसाद ढकालज्यू, PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा. राजिव विक्रम राणाज्यू, यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षकज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षकज्यूहरु, अन्य सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु तथा प्रशिक्षक वर्गहरु समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकज्यूको विदाई कार्यक्रम सम्पन्न
२०८२-०५-१८

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् सुदिप गिरिज्यूको आज मिति २०८२।०५।१८ गतेबाट ३० वर्षे सेवा अवधी पुरा गरी सेवाबाट अनिवार्य अवकाश हुनलाग्नु भएकोले आज यस प्रतिष्ठानमा औपचारिक कार्यक्रम आयोजना गरी विदाई कार्यक्रम सम्पन्न गरिएको छ । विदाई कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दिपेन्द्र जि.सी.ज्यूले विदाई भई जानुहुने प्रहरी अतिरिक्त महानिरीक्षकज्यूलाई प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गरी शुभकामना समेत मन्तव्य व्यक्त गर्नु भएको थियो, मन्तव्य राख्ने क्रममा समाजमा अपराध नियन्त्रण गर्ने, अपराधको प्रभावकारी अनुसन्धान गरी शान्ति सु-व्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको यस पवित्र संगठनमा सेवा गर्न पाउनु नै एउटा नागरिकको लागि गर्वको कुरा हो, त्यसमा पनि करिब ३० बर्ष अविछिन्न सेवा गरी नेपाल प्रहरीका बिभिन्न प्रहरी इकाईहरुमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरी प्रहरी जीवनबाट स-सम्मान अवकास हुन लाग्नु भएकोमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूलाई हार्दिक बधाई दिंदै उहाँको भावि जीवनको उत्तरोत्तर प्रगतीको लागि शुभकामना समेत व्यक्त गर्नु भयो । यसै गरी उहाँलाई पेशागत जीवनमा सफल बनाउन सदैव साथ दिई हौसला प्रदान गरिरहनुहुने उहाँकी धर्मपत्नी कल्पना गिरीज्यूलाई समेत हार्दिक धन्यवाद तथा शुभकामना दिनु भयो ।विदाई मन्तव्य राख्ने क्रममा अवकाश हुनुहुने प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूले आफुले नेपाल प्रहरीको सदस्य भई निरन्तर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सेवा गर्ने अवसर पाएकोमा ज्यादै गौरवान्भित भएको महशुस गरेको र जीवन सफल भएको कुरा व्यक्त गर्दै आफ्ना मातापिता, परिवारजन, नेपाल सरकार, तालुक कार्यालयहरु, नेपाली नागरिक, नेपाल प्रहरी संगठन, प्रत्यक्ष परोक्ष साथ सहयोग गर्नुहुने सबै महानुभावहरुको स्मरण गर्दै सबै प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नु भयो । मन्तव्य राख्ने क्रममा उहाँले एक पटक प्रहरीको पहिचान बनाए पछि बाचुञ्जेल हाम्रो परिचय प्रहरीकै रुपमा रहने भएकोले यस पहिचानलाई बाँचुञ्जेल अक्षुण्ण राख्ने आफूले प्रण गरेको कुरा समेत व्यक्त गर्नु भयो ।उक्त कार्यक्रममा प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्षज्यू, PGDPS कार्यक्रमका सल्लाहाकारज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक तथा नेपाल पुलिस स्टाफ कलेजका निर्देशकज्यू, नेपाल प्रहरी शिक्षालय, भरतपुरका समादेशकज्यू, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्यज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू, लगायतका प्रतिष्ठानका प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

“विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम” ३४ औं समूहको दीक्षान्त समारोह सम्पन्न
२०८२-०२-२७

आज मिति २०८२/०२/२७ गते  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो  । उक्त कार्यक्रममा दीक्षित भई जाने जुनियर प्रहरी अधिकृतहरुलाई प्रशिक्षणको क्रममा प्राप्त गरेका ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरस पालना गरी विशिष्ट व्यक्तिको सुरक्षामा खटिनु पर्ने कुरामा जोड दिदै प्रमुख अतिथिज्यूले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नु भएको थियो । साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक राजु पाण्डेले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

"Strategic Command and Management (SCM) (प्र.ना.म.नि./प्र.व.उ.) तालिम" पाचौं समूहको समुद्घाटन कार्यक्रम सम्पन्न
२०८२-०२-२५

नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिपेन्द्र जि.सी.ज्यूको प्रमुख आतिथ्यमा आज मिति २०८२/०२/२५ गते यस प्रतिष्ठानमा सञ्चालित Strategic Command and Management (SCM) (प्र.ना.म.नि./प्र.व.उ.) तालिम पाचौं समूहको समुद्‍घाटन कार्यक्रम सम्पन्न हुनुका साथै तालिम संयोजक समेत रहनु भएका निर्देशकज्यूले तालिम सम्बन्धी संक्षिप्‍त परिचय (Course Introduction) समेत प्रस्तुत गर्नु भएको थियो ।उद्‌घाटन कार्यक्रमलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रमुख अतिथिज्यूले नेपाल प्रहरीको रणनीतिक नेतृत्व तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने यस तालिमलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने महत्वपूर्ण जिम्मेवार प्राप्‍त Centre for Excellence यस प्रतिष्ठानले तालिम पाठ्यक्रमले तोकेको मापदण्डमा रही तालिमलाई पूर्णतया गुणस्तरीय, नतिजामुखी र प्रभावकारी बनाउन हरदम प्रयासरत रहेको साथै प्रशिक्षार्थीहरूलाई यस प्रतिष्ठानको Ground Rules & Regulations भित्र रहेर उच्चतम उत्साहजनक र सहभागीतामुलक तबरले तालिममा सहभागी भई तालिम सफलतापूर्वक सम्पन्न गर्न समेत शुभकामना प्रदान गर्नु भयो ।

प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम ३९ औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८२-०२-२५

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम ३९ औं समूहको आज मिति २०८२/०२/२५ गते नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिपेन्द्र जि.सी.ज्यूको प्रमूख आतिथ्यतामा तालिमको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी उपरीक्षक नवराज कार्कीले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।