प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

Post Graduate Diploma In Police Sciences (PGDPS) 14th Batch को समुद्‍घाटन कार्यक्रम सम्पन्न

२०८१-०७-०५

  • A
  • A-
  • A+
Share

मितिः- २०८१/०७/०५ गते ।

नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१/०७/०५ गते एक समारोहका बीच “प्रहरी निरीक्षक आधारभूत तालिम” १-१८३ औं समूह अन्तर्गत त्रिभुवन विश्‍वविद्यालयको सम्बन्धनमा संचालित Post Graduate Diploma in Police Sciences (PGDPS) 14th Batch को समुद्घाटन कार्यक्रम सम्पन्‍प भयो । समुद्घाटन समारोहमा प्रमुख अतिथिज्यूले मन्तव्य व्यक्त गर्ने क्रममा नव प्रवेशी प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई यस प्रशिक्षणको दौरानमा आफूलाई शारीरिक तथा मानसिक रुपमा बलियो बनाई जस्तोसुकै कठिन परिस्थिको सामना गर्न सक्ने सामर्थ्य भएको प्रहरी अधिकृत बन्नुपर्ने तथा प्रहरी राष्ट्र सेवक भएकोले कार्य सम्पादन गर्ने क्रममा विशेष गरी समाज तथा जनताको हित हुने कार्य गर्न निर्देशन दिनुभयो ।

साथै प्रहरी निरीक्षक आधारभूत तालिम प्रहरी संगठनको सबै भन्दा माथिल्लो प्रवेश विन्दुमा दिईने आधारभूत प्रहरी तालिम भएकोले यसलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले विशेष अभिरुचि र प्राथमिकताका साथ हेर्ने गरेको कुरा व्यक्त गर्नुभयो । आधारभुत तालिममा समावेश Post Graduate Diploma in Police Sciences (PGDPS) कार्यक्रम प्रहरी सेवा अवधिभर महत्वपूर्ण रहने कुरा व्यक्त गर्दै प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई तालिम अवधिभर मेहनत र अनुशासनलाई पहिलो प्राथमिकतामा राख्न निर्देशित गर्नुभएको थियो । उक्त कार्यक्रममा उपस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. श्री डिल्लीराज शर्माज्यूले समेत छोटो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामेश्‍वर पौडेलज्यूले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त तालिममा फ्रेस तर्फका ३० जना र विभागीय तर्फका ६५ जना गरी कुल ९५ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको सहभागिता रहेका थिए ।

समुद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माज्यू, सहायक डीन डा. हरी प्रसाद अधिकारीज्यू, ने.प्र.प्र.का. मानवश्रोत विकास विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री भीम प्रसाद ढकालज्यू, PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा. राजिव विक्रम राणाज्यू, यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षकज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षकज्यूहरु, अन्य सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु तथा प्रशिक्षक वर्गहरु समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८३-०२-०५

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७०८५ मिति २०८३/०२/०१ गतेको पत्रले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली सरुवा हुनुभएका प्रहरी उपरीक्षक नवराज कार्की, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, तनहुँमा सरुवा हुनुभएका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट जिल्ला प्रहरी कार्यालय धनकुटामा सरुवा हुनुभएका प्रहरी उपरीक्षक नारायण रंजितकार, जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सरुवा हुनुभएका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाई र जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा हुनुभएका प्रहरी उपरीक्षक रामश्वर पौडेलज्यूहरूको आज मिति २०८३/०२/०५ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । साथै बिदाई भई जान लाग्नु भएका प्रहरी अधिकृतज्यूहरूले आफ्नो बिदाई मन्तव्यको क्रममा यस प्रतिष्ठानमा कार्यरत रहँदाको बखत प्रतिष्ठान परिवारले देखाएको सद्भाव, सदीक्षा र विश्वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८३-०२-०१

नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको च.नं. ७०२०, मिति २०८३/०१/२९ गतेको पत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी नायब निरीक्षक बिष्णु प्रसाद रिमाललाई मिति २०८३/०२/०१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यमा दर्ज्यानी चिन्ह द्वारा सुशोभित गर्नु भयो ।उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक,सह- निर्देशक,नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, उप-निर्देशक लगायत सिनियर प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी फुटबल टिमलाई बधाई तथा सम्मान
२०८३-०१-३०

राईनो क्लबको आयोजनामा मिति २०८३/०१/१२ गतेदेखि ऐ. २३ गतेसम्म मध्यविन्दु-४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सञ्चालन भएको “आठौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०८३” मा प्रथम स्थान हासिल गरेका र कोहलपुर रेसिङ साहारा क्लब कोहलपुरको आयोजनामा मिति २०८३/०१/१९ गतेदेखि ऐ. २६ गतेसम्म सञ्चालन भएको “चौथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता २०८३” मा द्वितीय स्थान हासिल गरेका नेपाल प्रहरी पुरुष फुटबल टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरूलाई यस प्रतिष्ठानका कार्यकारी निर्देशकज्यूद्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न !!

आर्चरीमा नेपाल प्रहरीको उत्कृष्ट प्रदर्शन, ११ पदक जित्न सफल
२०८३-०१-२८

नेपाल आर्चरी संघको आयोजनामा मिति २०८३ वैशाख २६ गतेदेखि २८ गतेसम्म पोखरा स्थित आर्चरी मैदानमा सञ्चालन भएको “१३औं राष्ट्रिय आर्चरी प्रतियोगिता–२०८३” मा नेपाल प्रहरीका आर्चरी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्ण, ४ रजत र २ कास्यसहित कुल ११ पदक हासिल गरेका छन्।प्रतियोगितामा नेपाल प्रहरी टोलीले विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उल्लेखनीय सफलता हासिल गरेको हो। उक्त उपलब्धिले नेपाल प्रहरीको खेलकुद क्षेत्रमा रहेको सक्रियता, अनुशासन तथा प्रतिस्पर्धात्मक क्षमतालाई थप उजागर गरेको छ। प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई नेपाल प्रहरी परिवारले हार्दिक बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेको छ।