प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आर्चरीमा नेपाल प्रहरीको उत्कृष्ट प्रदर्शन, ११ पदक जित्न सफल

२०८३-०१-२८

  • A
  • A-
  • A+
Share

नेपाल आर्चरी संघको आयोजनामा मिति २०८३ वैशाख २६ गतेदेखि २८ गतेसम्म पोखरा स्थित आर्चरी मैदानमा सञ्चालन भएको “१३औं राष्ट्रिय आर्चरी प्रतियोगिता–२०८३” मा नेपाल प्रहरीका आर्चरी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्ण, ४ रजत र २ कास्यसहित कुल ११ पदक हासिल गरेका छन्।

प्रतियोगितामा नेपाल प्रहरी टोलीले विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उल्लेखनीय सफलता हासिल गरेको हो। उक्त उपलब्धिले नेपाल प्रहरीको खेलकुद क्षेत्रमा रहेको सक्रियता, अनुशासन तथा प्रतिस्पर्धात्मक क्षमतालाई थप उजागर गरेको छ।

प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई नेपाल प्रहरी परिवारले हार्दिक बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेको छ।

सम्बन्धित समाचार
"अवलोकन भ्रमण सम्पन्न"
२०८३-०४-१४

यस प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको अवलोकन भ्रमण सम्पन्न भएको छ ।यस अवसरमा प्रशिक्षार्थीहरूले सम्बन्धित निकायहरूको संरचना,कार्यप्रणाली तथा जिम्मेवारीका बारेमा अवलोकन तथा अन्तरक्रिया मार्फत व्यावहारिक ज्ञान हासिल गर्नूका साथै आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्ने अवसर पाएका छन् ।यस गरिमामय अबसरको निम्ति राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान - सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न
२०८३-०४-०६

मिति २०८३ श्रावण ०५ गते निमित्त प्रहरी महानिरीक्षक तथा यस प्रतिष्ठानका कार्यकारी निर्देशक राजन अधिकारीज्यूद्धारा भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतीय राजदुतावासका प्रतिनिधिज्यूहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।