प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दशौं प्रधानमन्त्री कप भलिबल लिग: नेपाल प्रहरी महिला टिम च्याम्पियन

२०८३-०१-१९

  • A
  • A-
  • A+
Share

नेपाल भलिबल संघको आयोजनामा मिति २०८३ साल वैशाख १० गतेदेखि १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न “दशौं प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष भलिबल लिग २०८३” मा नेपाल प्रहरी महिला भलिबल टिमले प्रथम स्थान हासिल गरेको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरी महिला टिम च्याम्पियन बनेको हो। प्रतियोगितामा उत्कृष्ट स्पाइकरको उपाधि लक्ष्मी चन्दले प्राप्त गरिन् भने प्रशिक्षकतर्फ रुपेश कुमार विष्ट उत्कृष्ट घोषित भए। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभिपी) को उपाधि उषा भण्डारीले हात पारिन्।

यसैबीच, पुरुषतर्फ नेपाल प्रहरी भलिबल टिमले तृतीय स्थान हासिल गर्न सफल भएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण खेलाडी तथा अफिसियलहरूलाई बधाई दिइएको छ।

सम्बन्धित समाचार
"अवलोकन भ्रमण सम्पन्न"
२०८३-०४-१४

यस प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको अवलोकन भ्रमण सम्पन्न भएको छ ।यस अवसरमा प्रशिक्षार्थीहरूले सम्बन्धित निकायहरूको संरचना,कार्यप्रणाली तथा जिम्मेवारीका बारेमा अवलोकन तथा अन्तरक्रिया मार्फत व्यावहारिक ज्ञान हासिल गर्नूका साथै आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्ने अवसर पाएका छन् ।यस गरिमामय अबसरको निम्ति राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान - सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न
२०८३-०४-०६

मिति २०८३ श्रावण ०५ गते निमित्त प्रहरी महानिरीक्षक तथा यस प्रतिष्ठानका कार्यकारी निर्देशक राजन अधिकारीज्यूद्धारा भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतीय राजदुतावासका प्रतिनिधिज्यूहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।