प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आठौं राईनो संरक्षण गोल्डकपको उपाधि नेपाल प्रहरीलाई

२०८३-०१-२३

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी पुरुष फुटबल टोलीले आठौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०८३ मा प्रथम स्थान हासिल गरेको छ। राईनो क्लबको आयोजनामा मिति २०८३ वैशाख १२ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरी टोली उपाधि जित्न सफल भएको हो। प्रतियोगितामा टोलीका प्रशिक्षक चेत कुमार घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। टोलीको उत्कृष्ट प्रदर्शनमा खेलाडी तथा अफिसियलहरूको महत्वपूर्ण योगदान रहेको बताइएको छ।

उक्त सफलताप्रति नेपाल प्रहरी पुरुष फुटबल टिमका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई हार्दिक बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरिएको छ।

सम्बन्धित समाचार
"अवलोकन भ्रमण सम्पन्न"
२०८३-०४-१४

यस प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको अवलोकन भ्रमण सम्पन्न भएको छ ।यस अवसरमा प्रशिक्षार्थीहरूले सम्बन्धित निकायहरूको संरचना,कार्यप्रणाली तथा जिम्मेवारीका बारेमा अवलोकन तथा अन्तरक्रिया मार्फत व्यावहारिक ज्ञान हासिल गर्नूका साथै आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्ने अवसर पाएका छन् ।यस गरिमामय अबसरको निम्ति राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान - सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न
२०८३-०४-०६

मिति २०८३ श्रावण ०५ गते निमित्त प्रहरी महानिरीक्षक तथा यस प्रतिष्ठानका कार्यकारी निर्देशक राजन अधिकारीज्यूद्धारा भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतीय राजदुतावासका प्रतिनिधिज्यूहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।