प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी महानिरीक्षकको उपस्थितिमा PLSC Batch 02 उद्घाटन सम्पन्न

२०८३-०१-२८

  • A
  • A-
  • A+
Share

Masters in Police Sciences (MPS) कार्यक्रम समावेश गरिएको Police Leadership and Staff Course (PLSC Batch 02) को उद्घाटन कार्यकम मिति २०८३ वैशाख २८ गते सम्पन्न भएको छ । उक्त समारोहमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

प्रहरी महानिरीक्षक कार्कीले औपचारिक समारोहमा पानसमा दीप प्रज्वलन गरी पाठ्यक्रमको उद्घाटन गर्नुभएको थियो।

समारोहमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसे, मानवस्रोत व्यवस्थापन विभाग प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक राजन अधिकारी, राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक अतिरिक्त प्रहरी महानिरीक्षक सिद्धि विक्रम शाह, MPS सल्लाहकार प्रा. डा. राजीव विक्रम राणा, आन्तरिक फ्याकल्टी संयोजक (अवकाशप्राप्त) अतिरिक्त प्रहरी महानिरीक्षक देवेन्द्र सुवेदी, कलेज निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार
"अवलोकन भ्रमण सम्पन्न"
२०८३-०४-१४

यस प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको अवलोकन भ्रमण सम्पन्न भएको छ ।यस अवसरमा प्रशिक्षार्थीहरूले सम्बन्धित निकायहरूको संरचना,कार्यप्रणाली तथा जिम्मेवारीका बारेमा अवलोकन तथा अन्तरक्रिया मार्फत व्यावहारिक ज्ञान हासिल गर्नूका साथै आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्ने अवसर पाएका छन् ।यस गरिमामय अबसरको निम्ति राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान - सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न
२०८३-०४-०६

मिति २०८३ श्रावण ०५ गते निमित्त प्रहरी महानिरीक्षक तथा यस प्रतिष्ठानका कार्यकारी निर्देशक राजन अधिकारीज्यूद्धारा भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतीय राजदुतावासका प्रतिनिधिज्यूहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।