प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

IPT उत्तीर्ण प्रशिक्षार्थीहरूलाई प्रशिक्षक ब्याच सुशोभन

२०८३-०२-२८

  • A
  • A-
  • A+
Share

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा संचालन भएको प्रशिक्षक प्रशिक्षण (कवाज) तालिम २९ औं समूहका २८ जना र यस प्रतिष्ठानका ६ जना गरी जम्मा ३४ जना प्रशिक्षार्थीहरूलाई मिति २०८३/०२/२८ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा बाह्य प्रशिक्षक प्रवीणता परीक्षण (Instructor Proficiency Test -IPT) परिक्षामा उत्तीर्ण प्रशिक्षार्थीहरूलाई प्रशिक्षक व्याच सुशोभन तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार
अवकाश प्राप्त प्रहरी नायव निरीक्षक बिष्णु प्रसाद रिमालज्यूको विदाई कार्यक्रम सम्पन्न
२०८३-०३-०१

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं.७०२० मिति २०८३/०१/२९ गतेको पत्रादेशानुसार यस प्रतिष्ठानको च.नं. ८२४९ मिति २०८३/०३/०१ गतेको पत्रद्वारा सेवाबाट अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक बिष्णु प्रसाद रिमालज्यूलाई मिति २०८३/०३/०१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा सेवा निवृत भई जान लाग्नु भएका प्रहरी नायव निरीक्षकलाई मायाको चिनो प्रदान गर्नुका साथै यस प्रतिष्ठानमा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै अवकाश पछिको पारिवारिक एवम् सामाजिक जिवनको शुभकामना व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा सेवा निवृत भई जान लाग्नुभएका अवकाश प्राप्त प्र.ना.नि. बिष्णु प्रसाद रिमालज्यूले अवकाश पछि पनि पूर्व प्रहरीको रुपमा प्रहरी संगठनसँग आवद्धता रहि रहनुका साथै पूर्व प्रहरीको हैसियतले प्रहरी संगठनको श्रीवृद्धिमा आफू निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न
२०८३-०२-३०

भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यू, नेपाल सरकार तालुक गृह मन्त्रालयका सह-सचिव सुमन घिमिरेज्यू तथा भारत सरकार परराष्ट्र मन्त्रालय सह-सचिव प्रियंका चौहनज्यूको आतिथ्यतामा सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरी, भारतिय राजदुतावासका काउन्सेलर अविनाश कुमार सिंह, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतिय राजदुतावासका प्रतिनिधिज्यूहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।

कवाज तथा बाह्य प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
२०८३-०२-२७

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित ५४ कार्यदिन अवधिको कवाज प्रशिक्षक प्रशिक्षण (प्र.ह./प्र.ज.) तालिम २९ औं समूहको आज मिति २०८३/०२/२७ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आथित्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्याक्रममा प्रमुख अतिथिज्यूबाट प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गर्नुका साथै अमुल्य निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक सरिता मचामसीबाट तालिम सम्बन्धि संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

नेपाल प्रहरी पौडी टिम प्रथम, देवान्सी जोशी र इर्भिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित
२०८३-०२-२५

नेपाल पौडी संघको आयोजनामा मिति २०८३ जेठ २३ र २४ गते सम्पन्न “3rd Nepal Aquatics Championship 2026” मा नेपाल प्रहरी पौडी टिमले उत्कृष्ट प्रदर्शन गर्दै समग्र टिम च्याम्पियन बन्न सफल भएको छ।प्रतियोगितामा नेपाल प्रहरीको टोलीले १७ स्वर्ण, ६ रजत र ११ कास्य पदकसहित कुल ३४ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका नेपाल प्रहरीका खेलाडी देवान्सी जोशी उत्कृष्ट महिला खेलाडी घोषित भइन् भने इर्भिन श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडी घोषित हुन सफल भए।नेपाल प्रहरी पौडी टिमका खेलाडीहरूले विभिन्न स्पर्धाहरूमा उल्लेखनीय प्रदर्शन गर्दै संस्थाको गौरव बढाएका छन्। प्रतियोगितामा प्राप्त यस सफलताले नेपाली पौडी खेलको विकास तथा नेपाल प्रहरीभित्र रहेका खेल प्रतिभाको उजागर गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ।उक्त उपलब्धिका लागि उत्कृष्ट महिला खेलाडी देवान्सी जोशी, उत्कृष्ट पुरुष खेलाडी इर्भिन श्रेष्ठ लगायत नेपाल प्रहरी पौडी टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरूलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ।

"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८३-०२-२५

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७३५७ मिति २०८३/०२/१८ गतेको पत्रले नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं सरुवा हुनुभएको प्रहरी वरिष्ठ उपरीक्षक रन्जु सिग्देज्यूको मिति २०८३/०२/२५ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो । सोही कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो ।