प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न

२०८१-०६-१५

  • A
  • A-
  • A+
Share

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागञ्जमा सञ्चालन भएको “विमानस्थल सुरक्षा आधारभूत तालिम (सि.प्र.अ.)” १० औं समूहको आज मिति २०८१/०६/१५ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमूख आतिथ्यता एवं विशेष आतिथि नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका प्रमूख टेकनाथ सिटौलाज्यूको विशिष्ट आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुखज्यूले दीक्षित भई जाने प्रहरी अधिकृतहरूलाई प्रमाण पत्र वितरण गर्नुका साथै विमानस्थल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारको विषय रहेकोले यस्तो संवेदनशील क्षेत्रमा खटिँदा तालिमबाट प्राप्‍त ज्ञान र सीपको पूर्णत: कार्यान्वयन गर्नुपर्ने निर्देशन दिनुभयो भने विशेष आतिथि नागरिक उड्डयान प्रशिक्षण प्रतिष्ठानका प्रमुखज्यूले विमानस्थल सुरक्षामा नेपाल प्रहरी र नागरिक उड्डयान प्राधिकरण बिच निरन्तर समन्वय र सहकार्य कायम राख्न यस तालिमले महत्वपूर्ण भूमिका खेलेको कुरा बताउनु भयो ।

उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. डा. मनोज कुमार के.सीज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्राधानाचार्य प्र.व.उ. ओम प्रसाद अधिकारीज्यू लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थितिमा तालिम संयोजक प्र.ना.उ. गुणराज बुढाथोकीज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सम्बन्धित समाचार
देश दर्शन विशेष सांस्कृतिक कार्यक्रम २०८३ सम्पन्न
२०८३-०१-१४

प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औं समूहको आयोजनामा प्रतिष्ठानका कार्यकारी निर्देशक श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा भ्रमणमा  सहभागी तीन समूह - सगरमाथा आधार शिविर समूह, थोरोङ- ला पास समूह र अन्नपूर्ण आधार शिविर समूहद्वारा भ्रमण सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण, भिडियो प्रस्तुतिकरण तथा साँस्कृतिक प्रस्तुतिकरण प्रस्तुत भएको । भ्रमणको क्रममा प्रमुख अतिथिज्यूबाट प्रशिक्षार्थीहरूले व्यक्तिगत रूपमा लिएका तस्वीर तथा सामूहिक रूपमा तयार गरिएको भिडियोग्राफी मध्येबाट उत्कृष्ट र सर्वोउत्कृष्ट फोटोग्राफी र भिडियोग्राफी गर्न सफल प्रशिक्षार्थी तथा समूहलाई प्रशंसापत्र वितरण गर्नुका साथै प्र.नि.आ.ता  १-१८४ औं समूहको प्रथम वार्षिकोत्सव (Job Anniversary) को अवसरमा सुभकामना समेत व्यक्त गर्नुभएको।

स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न
२०८३-०१-१३

भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं.- ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम, नेपाल सरकार तालुक गृह-मन्त्रालयका श्रीमान् गृह सचिव राजकुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।उक्त कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो । श्रीमान् गृह सचिव राजकुमार श्रेष्ठज्यू, संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू लगायत उपस्थित पधादिकारीहरूले परियोजनाको स्थलगत भ्रमण गरी निर्माणधिन प्रतिष्ठानको बारेमा विस्तृत जानकारी लिनु भई छलफल एवं निर्देशन समेत प्रदान गर्नु भएको थियो भने नेपाल प्रहरी संगठन प्रमूख श्रीमान प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूले  उपस्थित सम्पूर्ण महानुभावहरूमा धन्यवाद ज्ञापन गर्नु भएको  थियो ।

घरेलु हिंसा उजुरी सुनुवाई तथा मेलमिलाप सीप विकास प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न
२०८३-०१-१३

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा संचालित “घरेलु हिंसा उजुरी सुनुवाई तथा मेलमिलाप सीप विकास प्रशिक्षक प्रशिक्षण” (सि.प्र.अ./जु.प्र.अ.) तेश्रो समूहको मिति २०८३ वैशाख १३ गते यस प्रतिष्ठान तथा नेपाल प्रहरी स्टाफ कलेजका सह-निर्देशक प्रहरी वरिष्ट उपरीक्षक वेद विष्टज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम समापन भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र बितरण गर्नुको साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो भने तालिम सह-संयोजक प्रहरी निरीक्षक भरत अधिकारीज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
२०८३-०१-११

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८२/१२/२३ गते देखि सञ्चालित १६ कार्य दिनको गैह्र-आवसिय ‘प्रशिक्षक प्रशिक्षण तालिम’ ४१ औं समुहको यस प्रतिष्ठानका कार्यकारी निर्देशक श्रीमान् प्र.अ.म.नि. शिद्धी बिक्रम शाहज्यूको प्रमूख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा तालिमका तालिम संयोजक प्रहरी उपरीक्षक नारायण रंजितकारज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रमुख अतिथीज्यूले प्रशिक्षार्थीहरूलाई प्रमाण-पत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।

"शारीरिक व्यायाम प्रशिक्षक प्रशिक्षण तालिम नवौं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम समापन"
२०८२-१२-२६

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित शारीरिक व्यायाम प्रशिक्षक प्रशिक्षण तालिम नवौं  समूहको आज मिति २०८२।१२।२६ गते नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिनेश कुमार आचार्यज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुको साथै निर्देशन सम्बोधन गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक राजु पाण्डेले तालिम सम्बन्धी संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।