प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
बधाई ज्ञापन कार्यक्रम सम्पन्न
२०८१-१०-०६

नेपाल भलिबल संघको संयोजन तथा सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा मिति २०८१/१०/०१ गतेदेखि ऐ. ०५ गतेसम्म सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी किनार सुकुटे बजारमा सम्पन्न भएको सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगितामा महिला तर्फ प्रथम र द्वितीय पुरुष तर्फ प्रथम हुन सफल नेपाल प्रहरी महिला तथा पुरूष भलिबल टिम साथै नेपाल क्रिकेट संघको आयोजनामा मिति २०८१/०९/२१ गतेदेखि मिति २०८१/१०/०३ गतेसम्म मधेश प्रदेशको जनकपुर र विरगंजमा सञ्चालन भएको "Jay Trophy Men’s Elite Cup” मा प्रथम हुन सफल नेपाल प्रहरी क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरुलाई आज मिति २०८१/१०/०६ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट बधाई ज्ञापन सम्पन्न ।

सबै समाचार
Panel Discussions कार्यक्रम सम्पन्न
२०८१-१०-०४

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मिति २०८१।०९।०७ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवसिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६५ औ समूहका प्रशिक्षार्थीहरुसंग आज मिति २०८१/१०/०४ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यू, नेपाल प्रहरी प्रधान कार्यालय, कार्य बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक वुद्विराज गुरूङज्यू, काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीज्यू र नेपाली सेना अति बिशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय, नारायणहिटीका महासेनानी अच्युतम भण्डारीज्यू सँग प्रशिक्षार्थीहरुद्वारा “अति बिशिष्ट/ बिशिष्ट व्यक्तिको सुरक्षामा संलग्न निकायहरूको भुमिका ” विषयमा Panel Discussions कार्यक्रम सम्पन्न भयो ।

"प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३३ औं समूहको दिक्षान्त समारोह समापन
२०८१-१०-०२

यस प्रतिष्ठानमा संचालित "प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३३ औं समूहको आज मिति २०८१ माघ ०२ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भयो । प्रमुख अतिथिज्यूले विभिन्न विधाहरूमा उत्कृष्ट तालिम हाशिल गर्ने  प्रशिक्षार्थीहरुलाई पुरस्कार बितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको उक्त समापन कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. श्री डा. मनोज कुमार के.सी.ज्यूबाट धन्यावाद् ज्ञापन र प्रशिक्षार्थीहरुलाई शब्द उच्चारण सहित शपथ ग्रहण गराउनु भएको थियो भने तालिम संयोजक प्र.ना.उ. मनोजित कुँवरज्यूले तालिम सम्बन्धि संक्षप्त प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८१-१०-०२

नेपाल सरकार, गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१/०९/२४ गतेको निर्णयअनुसार र नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखाको च.नं. ३८५६, मिति २०८१/०९/२५ गतेको पत्रले यस प्रतिष्ठानबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र , सुर्खेत (हाल नेपालगंज) प्रमुखको रुपमा काज खटिई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक नान्तीराज गुरूङज्यूको आज मिति २०८१/१०/०२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो । सोही कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । साथै बिदाई भई जान लाग्नु भएका प्रहरी अधिकृतज्यूले आफ्नो बिदाई मन्तव्यको क्रममा यस प्रतिष्ठानमा कार्यरत रहँदाको बखत प्रतिष्ठान परिवारले देखाएको सद्‍भाव, सदीक्षा र विश्‍वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

समुदाय प्रहरी साझेदारी प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ./जु.प्र.अ.) तालिम दोस्रो समुहको समापन कार्यक्रम सम्पन्न
२०८१-०९-२६

आज मिति २०८१ पौष २६ गते "समुदाय प्रहरी साझेदारी प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ./जु.प्र.अ.) तालिम दोस्रो समुहको समापन कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरीष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीज्यूको समेत उपस्थिति रहेको थियो । प्रमुख अतिथिज्यूले प्रमाण पत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधनको क्रममा समुदाय साझेदारी कार्यक्रमको विकल्प नरहेको तथा संख्या हेरेर मात्र समुदाय प्रहरी कार्यक्रमको प्रभावकारिता मुल्यांकन गर्न नमिल्ने कुरा व्यक्त गर्नु भयो भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीज्यूले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन पेश गर्नु भएको थियो ।

“ज्यान सम्बन्धी कसूर अनुसन्धान तालिम” नवौँ समुहको अन्तरक्रिया तथा दीक्षान्त कार्यक्रम सम्पन्न
२०८१-०९-२४

मिति २०८१।०९।०३ गते देखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सञ्चालन भएको “ज्यान सम्बन्धी कसूर अनुसन्धान तालिम” नवौँ समुहको अन्तरक्रिया तथा दीक्षान्त कार्यक्रम समारोह आज मिति २०८१।०९।२४ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट दीक्षित भई जाने २४ जना प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरी शुभकामना दिनुका साथै ज्यान सम्बन्धि कसूर अनुसन्धान एक जटिल कार्य भएकोले तालिममा सिकेका ज्ञान र सीपलाई समुचित तवरले कार्यक्षेत्रमा कार्यान्वयन गर्नको लागि निर्देशन समेत दिनु भएको थियो ।           उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक श्री ओम प्रसाद अधिकारीज्यू यस प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक श्री नान्तीराज गुरुङज्यू लगायत अन्य सिनियर/जुनियर प्रहरी अधिकृतज्यूहरुको समेत उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक बिकास थापाज्यूले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।   

अन्तरक्रिया कार्यक्रम सम्‍पन्न
२०८१-०९-२३

आज मिति २०८१/०९/२३ गते “समुदाय-प्रहरी साझेदारी प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ./जु.प्र.अ.) तालिम” दोस्रो समूहसँग यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्‍पन्न भयो । उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुबाट समुदाय-प्रहरी साझेदारी सम्बम्धी उठेका जिज्ञाशाहरुको सम्बोधन गर्दै समाज र प्रहरी एक अर्काका परिपुरक रहेको हुनाले प्रहरी समुदायसँग मिलेर अपराध न्युनिकरण तथा समाजमा शान्ती  सु-व्यवस्था कायम गर्नुपर्ने कुराहरु समेत व्यक्त गर्नु भएक थियो ।

दर्ज्यानी चिन्ह सुशोभन
२०८१-०९-२१

२०८१ पौष २१, नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ३६५३, प्रहरी उपरीक्षकको मिति २०८१।०९।१६ गतेको निर्णयानुसार जनपद समूहतर्फको प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी सहायक हवल्दारहरु अनुप लिम्बु, हेम तामाङ, मान बहादुर परियार, सन्तोष हेमरम र अमृता जैशीलाई यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न ।

“उद्घाटन कार्यक्रम सम्पन्न”
२०८१-०९-१८

मिति २०८१।०९।१८ गतेदेखि सञ्चालन हुन गइरहेको यस फिजियोथेरापी एण्ड रिहाविलिटेसन सेन्टर कक्षको यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा रिवन काटी उ‌द्घाटन कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।प्रशिक्षार्थीहरुलाई प्रतिष्ठानभित्र नै फिजियोथेरापीको सेवा प्रदान गरी तालिमको अवस्थामा समय र आर्थिक भार कम गराउन तथा नेपाल प्रहरी खेलकुद समितिमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई चोट पश्चात् प्रतिष्ठान भित्रनै पुनर्स्थापनाको व्यवस्था रहेको । उक्त कक्षमा अल्ट्रा साण्ड मेसिन, मसल स्टुमुलेटर (M.S.), IFT मेसिन, टेन्स मेसिन, योगा म्याट, थेरापी गन, कपिङ निडलिङ, टिपिङ, कम्प्रेसन बुट, स्ट्चिङ ब्याण्ड ICE थेरापी ईत्यादीको व्यवस्था रहेको छ ।

बधाई ज्ञापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
२०८१-०९-१८

अखिल नेपाल फुटबल संघको आयोजनामा मिति २०८१।०३।३० गतेदेखि मिति २०८१।०९।१६ गतेसम्म एन्फा कम्पलेक्समा सञ्चालन भएको “एन्फा यूथ (यू-१८) लिग फुटबल प्रतियोगिता २०८१” मा नेपाल पुलिस फुटबल क्लब (यू-१८) टिम सहभागी भई कुल २२ खेलमा १५ जित ३ बराबरी तथा ४ हार सहित ४८ अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरु लगाएत प्रतियोगिताको सर्वाधिक गोलकर्ता हुन सफल टिम क्याप्टेन सुवास बमलाई आज मिति २०८१।०९।१८ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले एक कार्यक्रमका बीच बधाई ज्ञापन गरी नगद पुरस्कार वितरण गर्नुभएको थियो ।

Masters in Police Sciences (MPS) कार्यक्रम र Professional Leadership Course (PLC) सम्बन्धी छलफल कार्यक्रम सम्पन
२०८१-०९-१७

नेपाल प्रहरी कार्ययोजना-२०८१ मा यसै शैक्षिक वर्षमा नेपाल प्रहरी स्टाफ कलेजको अवधारणा बमोजिम Masters in Police Sciences (MPS) कार्यक्रम र Professional Leadership Course (PLC) समावेश भएको पुलिस लिडरसिप एण्ड स्टाफ कोर्ष (PLSC) सञ्चालनार्थ गठन भएको कार्यक्रम व्यवस्थापन समितिको बैठक प्रहरी महानिरीक्षकको अध्यक्षतामा बसी पुलिस लिडरसिप एण्ड स्टाफ कोर्ष कार्यप्रणाली, २०८१ र पुलिस लिडरसिप एण्ड स्टाफ कोर्षको प्रवेश परीक्षा सञ्चालन कार्यादेश, २०८१ लागू गर्ने लगायतका विभिन्न विषयमा छलफल तथा निर्णय भयो । सो बैठकमा समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका तत्कालिन डिन प्रा.डा. डिल्लीराज शर्मा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी लगायतका समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

"४२ औं आई.जि.पि. रनिङ शिल्ड फुटबल प्रतियोगिता-२०८१" सम्पन्न
२०८१-०९-१६

नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा मिति २०८१।०९।०७ गतेदेखि ऐ.१६ गतेसम्म यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालन भएको "४२ औं आई.जि.पि. रनिङ शिल्ड फुटबल प्रतियोगिता-२०८१" को समापन कार्यक्रम मिति २०८१।०९।१६ गते ११:०० बजे प्रमुख अतिथि श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । ने.प्र.प्र.का. र उपत्यका स्थित प्रहरी कार्यालयहरुका प्र.अ.म.नि.ज्यूहरु, प्र.ना.म.नि.ज्यूहरु, श्री सैनिक  शारीरिक तालिम तथा खेलकुद केन्द्र जंगी अड्डाका प्रमुख महा सेनानीज्यू, प्रहरी बरिष्ठ उपरीक्षकज्यूहरू, सशस्त्र प्रहरी बल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकज्यू,  राष्ट्रिय खेलकुद परिषदका अखिल नेपाल फुटबल संघका महासचिवज्यू, जुमा स्पोर्टसका म्यानेजिङ डाईरेक्टर, केल्मी नेपाल प्रा.लि. का डाईरेक्टर, BYD Company का National Sales Head, कान्तिपुर भान्साघरका प्रोपाइटरज्यू लगायत सिनियर प्रहरी अधिकृतज्यू, जुनियर प्रहरी अधिकृत, खेलाडी तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक रामेश्‍वर पौडेलज्यूले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतियोगितामा सहभागी टिम, प्रायोजक एवं निर्णायकज्यूहरुलाई मायाको चिनो तथा प्रतियोगिताको फाईनल खेलका विजेता टिमलाई मेडल, प्रमाण पत्र, चेक तथा रनिङ्ग शिल्ड प्रदानको कार्यक्रम पश्चात निर्देशन सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रहरी महानिरीक्षक श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूले नेपाल प्रहरीका खेलाडीहरुले संगठन र राष्ट्रको गरिमा उच्च बनाएको सन्दर्भलाई समेत स्मरण गर्नु हुँदै नेपाल प्रहरीले आयोजना गर्ने यी र यस्ता प्रतियोगिताहरू खेलाडी उत्पादनको लागि सार्थक सिद्ध भएको विश्‍वास व्यक्त गर्नुभयो । सोही अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्र.अ.म.नि. सुदिप गिरीज्यूले फाईनल खेलको प्रतियोगितामा द्वितीय हुन सफल टिमलाई मेडल, प्रमाण पत्र, चेक, तथा कप प्रदान गर्नु भयो । उक्त प्रतियोगितामा अखिल नेपाल फुटबल संघका महासचिव श्री किरण राईज्यूले फाईनल खेलको म्यान अफ दि म्याचको पुरस्कार प्रदान गर्नु भएको थियो भने नेपाल प्रहरी खेलकुद समितिका उपाध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरुले प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीहरुलाई प्रमाण प्रत्र तथा चेक वितरण गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण आमन्त्रित अतिथिज्यूहरुमा धन्यवाद ज्ञापन गर्नु हुँदै नेपाल प्रहरीका जुनियर टिमको उत्कृष्ट खेल प्रदर्शनको समेत गर्नुका साथै आन्तरिक खेलकुद प्रतियोगिताहरुको महत्वलाई दृष्टिगत गरी यस वर्षबाट आन्तरिक क्रिकेट प्रतियोगिता समेत आयोजना गर्ने लक्ष्य राखिएको कुरा व्यक्त गर्नुभयो । प्रमुख अतिथिज्यूद्वारा राष्ट्रिय फुटबल रेफ्री ज्ञान बहादुर तामाङलाई बल हस्तान्तरण गरी सञ्चालन भएको फाईनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको टिमले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराकगञ्जको टिमलाई २-१ गोलको अन्तरले पराजित गरी प्रतियोगिताको ४२ औं सस्करणको विजेता बन्न सफल भई रु.३,००,०००/-(तीन लाख) नगद पुरस्कार प्राप्त गर्न सफल भएको थियो भने द्वितीय हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई रु.१,५०,०००/- एक लाख पच्चास हजार) नगद पुरस्कार प्राप्त गरेको थियो । विधागत पुरस्कारहरू:१.      फेयर प्ले टिम – को.प्र.प्र.का.२.      सर्वोत्कृष्ट खेलाडी – प्र.ना.नि. विवेक गुरूङ (ग.प्र.प्र.का.)३.      सर्वाधिक गोलकर्ता – प्र.ना.नि. केशर बराम (ग.प्र.प्र.का.)४.      उत्कृष्ट गोलकिपर – प्र.ज. जीवन सिंह ठकुरी (ग.प्र.प्र.का.)५.      उत्कृष्ट डिफेन्डर – प्र.ज. धन आले मगर (रा.प्र.प्र.प्र.)६.      उत्कृष्ट मिडफिल्डर – प्र.ज. मनोज बस्नेत (रा.प्र.प्र.प्र.)७.      उत्कृष्ट फर्वाड – प्र.ना.नि. केशर बराम (ग.प्र.प्र.का.)८.      उत्कृष्ट प्रशिक्षक – प्र.ना.नि. सन्तोष सुबेदी (ग.प्र.प्र.का.) ९.      फाईनल खेलको म्यान अफ दि म्याच – प्र.ज. निर्मल गुरूङ (ग.प्र.प्र.का.)

यस प्रतिष्ठानमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षणरत प्रशिक्षार्थी अधिकृतहरुको स्थलगत अध्ययन भ्रमण
२०८१-०९-१२

आज मिति २०८१/०९/१२ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षणरत "आधारभूत प्रशासन प्रशिक्षण (Basic Administration Training-BAT)" ३९ औं समूहका २७ जना नव नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका प्रशिक्षार्थी अधिकृतहरु बिहान ०९:३० बजे स्थलगत अध्ययन भ्रमणमा यस प्रतिष्ठानमा आएका प्रशिक्षार्थीहरुलाई यस प्रतिष्ठानका प्र.ना.उ. मनोजित कुँवरज्यूले स्वागत गर्नु भई प्रतिष्ठानको अर्पणसभा हलमा प्रतिष्ठानका उप-निर्देशक प्र.उ. मित्र बन्धु शर्माले “राज्य तथा सुरक्षा व्यवस्थापन” सम्बन्धि बिषयमा प्रस्तुतिकरण तथा अन्तरकृया गर्नु भई प्रशिक्षार्थीहरुलाई प्रतिष्ठानमा रहेको Court Simulation, SOCO ल्याबमा Finger Print Lifting सम्बन्धि Simulation exercise र Firing Simulation हलको अवलोकन समेत गराई प्रतिष्ठानको सिनियर प्रहरी अधिकृत मेसमा चियापान कार्यक्रम पश्चात दिनको १२:३० बजे बिदाई गरिएको ।

स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न
२०८१-०९-०९

मिति २०८१ पुस ०९ गतेभारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वार्ड नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम, नेपाल सरकार तालुक गृह-मन्त्रालयका श्रीमान् गृह सचिव गोकर्णमणि दुवाडीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको । उक्त कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईज्यू, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यू, गृह मन्त्रालय नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सह सचिव आनन्द काफ्लेज्यू, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालज्यू, ने.प्र.प्र.का. भौतिक पूर्वाधार निर्देशनालयका प्र.ना.म.नि. ई. फणिन्द्र बरालज्यू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, भारतीय दुतावास काठमाडौँका Second Secretary कुमार गौरवज्यू, ASO (DP) बिनित मलिकज्यू, Central Public Works Department (CPWD) का परामर्शदाता ईन्जिनियर, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोजनाका परामर्शदाताले परियोजनाको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुका साथै अतिथिज्यूहरुबाट योजनाको स्थलगत अवलोकन समेत भएको ।

“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन सम्पन्न
२०८१-०९-०७

आज मिति २०८१।०९।०७ गते ०९:०० बजे नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालन भईरहेको "४२ औं आई.जी.पी. रनिङ शिल्ड फुटबल प्रतियोगिता-२०८१" को समुद्घाटन कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशकज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू, प्रतिष्ठानका सह-निर्देशकज्यू लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रतियोगितामा सहभागी नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाडौं उपत्यका प्रहरी कार्यालय र सात प्रदेश गरी कुल दश टिमका खेलाडी तथा अफिसियलहरु लगायतका अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा प्रमुख अथितिज्यूले नेपाली खेलकुदमा नेपाल प्रहरीको योगदानको स्मरण गर्दै नेपाल प्रहरीमा हुने आन्तरिक खेलकुद प्रतियोगिताहरु स्तरीय खेलाडी उत्पादनको आधारको रुपमा रहेकाले प्रतियोगिताहरुको सम्भाव्यता खोजी गरी सञ्चालनको लागि प्रयास गरिने प्रतिवद्धता व्यक्त गर्नुका साथै सम्पूर्ण सहभागी टिमहरुलाई खेल अवधिभर उच्च अनुशासनमा रही आफ्नो खेल कौशल प्रदर्शन गर्न निर्देशन समेत दिनु भयो । उक्त कार्यक्रममा प्रतियोगिताको मुल आयोजक समितिका सदस्य-सचिव प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गर्नु भयो । प्रमुख अतिथिज्यूद्वारा राष्ट्रिय फुटबल रेफ्री ज्ञान बहादुर तामाङलाई बल हस्तान्तरण गरी सञ्चालन भएको उद्घाटन खेलमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र बागमती प्रदेश प्रहरी कार्यालय बिचको खेलमा ०-० गोलको बराबरीमा प्रतियोगिता हुन सफल साथै बा.प्र.प्र.का. टिमका जर्सी नं. १ का प्र.स.ह. विजय सारु म्यान अफ द म्याच घोषित हुन सफल भयो । यस प्रतियोगिता मिति २०८१ पौष ७ देखि ऐ. १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ३,००,०००/- (तिन लाख) र द्वितीय हुने टिमले १,५०,०००/- (एक लाख पचास हजार) प्राप्त गर्नेछन् भने अन्य विभिन्न विधाहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत विधागत नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

“घरेलु हिंसा उजुरी सुनुवाई तथा मेल मिलाप सीप विकास प्रशिक्षक प्रशिक्षण कार्यशाला”
२०८१-०९-०१

आज मिति २०८१।०९।०१ गते बेलायत सरकार र Foreign Commonwealth and Development Office UK को आर्थिक सहयोगमा United Nations Office for Project Service (UNOPS) द्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एक दिवसीय “घरेलु हिंसा उजुरी सुनुवाई तथा मेल मिलाप सीप विकास प्रशिक्षक प्रशिक्षण कार्यशाला” गोष्ठिमा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, Senior Programme Manager, UNOPS का Stephen Otters, GESI Officers, UNOPS का कृति थापा र CPP-GBV- Specialist, UNOPS तथा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीको उपस्थितिमा गोष्ठी कार्यक्रम सम्पन भयो ।

हार्दिक बधाई एवम् शुभकामना
२०८१-०८-२७

मिति २०८१।०८।२१ गतेदेखि ऐ. २४ गतेसम्म मित्रराष्ट्र भियतनाममा सञ्चालन भएको "Vietnam 2024 Asian Open Police Taekwondo Championship" मा ३ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ७ पदक हासिल गर्न सफल नेपाल प्रहरीका तेक्वान्दो खेलाडीहरुलाई आज मिति २०८१/०८/२७ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूबाट हार्दिक बधाई एवम् आगामी दिनहरुमा थप सफलताको शुभकामना  समेत व्यक्त गर्नु भयो ।पदकहरुः१.     प्र.स.ह. जित बहादुर बोट  (स्वर्ण-२)२.     प्र.ज. निशा दर्नाल  (स्वर्ण- २)३.     प्र.ज. प्रेम बहादुर लिम्बु –(रजक -१)४.     प्र.ज. अस्विन राउत  (कास्य- १)५.     प्र.ज. अन्जान चौधरी (कास्य -१६.     प्र.ज. रमिला लामा (कास्य-१)  

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८१-०८-२७

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ३१००, प्रहरी उपरीक्षकको मिति २०८१/०८/२४ गतेको निर्णयानुसार जनपद तर्फको प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा पदोन्नति हुनुभएका प्रहरी बरिष्ठ हवल्दारहरु लाल बहादुर बराम, र चेतन घिमिरेलाई यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१ मंसिर २७ गते दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले बढुवा हुनु भएका प्रहरी बरिष्ठ हवल्दारलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै पदोन्नतिसँगै भोलिका दिनमा अझ जिम्मेवारी भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियासिल भई पदिय जवाफदेहिताको लागि राज्य, संगठन र जनता प्रति अनुग्रहित हुदैं कुशलतापूर्वक कार्यसम्पादन गर्न समेत निर्देशन दिनु भएको थियो ।

“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II) तालिम” २४ औं समूहको अन्तर्क्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८१-०८-२४

यस राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान, महाराजगञ्जमा संचालन भएको अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II) तालिम” २४ औं समूहको प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१/०८/२४ गते अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भयो । अन्तरक्रियाको क्रममा प्रशिक्षार्थीहरूको सुझावहरू ग्रहण गर्नुका साथै तालिम व्यवस्थापन र वर्तमान अवस्थाका प्रहरीका कमाण्ड चुनौतीका सम्बन्धमा आएका जिज्ञासाहरू सम्बोधन गर्नु भएको थियो । प्रमुख अथितिज्यूले दिक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण एवं उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्ने क्रममा अहिलेको समय भनेको सामाजिक वातावरणिय अवस्थालाई मध्यनजर गरी Proactive Policing समेत गर्दै श्रीवृद्धि गराउने कुरामा जोड दिनु भयो साथै तालिमको दौरानमा सिकेका सैद्धान्तिक तथा व्यावहारिक ज्ञानले प्रशिक्षार्थीहरूको कमाण्ड व्यवस्थापनलाई थप मजबुत बनाउने जसबाट संगठनको आन्तरिक शुद्धिकरण र सुद्धिकरण गर्नको निमित्त मद्धत पुग्न सक्ने व्यहोरा समेत जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशकज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानार्चाय, उप निर्देशकहरू लगायत अन्य सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृत एवं प्रशिक्षक वर्गको समेत उपस्थित रहेको थियो ।

भेटघाट तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न
२०८१-०८-१९

एशियन प्यासिफिक कराते महासंघको कार्यक्रम तथा नेपाल कराते डो संघको वार्षिक कार्यक्रम अनुसार मित्रराष्ट्र सिंगापुरमा मिति २०८१।०८।१२ गतेदेखि ऐ. १६ गतेसम्म सञ्चालन भएको “16th Asian Pacific Shitoryu Karate Championship 2024” मा सहभागी नेपाली राष्‍ट्रिय कराते टिमबाट पदक विजेता हुन सफल नेपाल प्रहरीका निम्न प्रशिक्षक तथा खेलाडीहरुलाई आज मिति २०८१/०८/१९ गतेका दिन ‍यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा.मनोज कुमार के.सी.ज्यूद्वारा भेटघाट तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न ।पुरस्कारहरु१.     टिम कातामा रजत, २. करार एरिका गुरुङ- स्वर्ण, ३. ट्रायल एलिसा रास्कोटी एकल काता तर्फ- कास्य ४. ट्रायल निरुपा दोङ तामाङ- रजत (स्वर्ण-१, रजत-२ र कास्य-१ गरी जम्मा ४ पदक सहित टिम दोस्रो हुन सफल)

पुलिस लिडरसिप तथा स्टाफ कोर्षको सम्बन्धी छलफल कार्यक्रम सम्पन्न
२०८१-०८-१७

 नेपाल प्रहरीमा निकट भविष्यमा सञ्चालन हुन गईरहेको पुलिस लिडरसिप तथा स्टाफ कोर्षको तयारीको क्रममा मिति २०८१/०८/१६ गते र १७ गते नेपाली सेना कमाण्ड तथा स्टाफ कलेजका विषय विज्ञहरु (Subject Matter Expert) र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका सिनियर प्रहरी अधिकृतहरुको बीचमा स्टाफ कोर्षको व्यवसायिक पाठ्यक्रमको ढाँचा, मूल्याङ्कन प्रणाली, अभ्यास सञ्चालन कार्यविधि लगायतका विषयवस्तुहरु समेटिएको कार्यशाला (Workshop) राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीका ११ जना अधिकृतहरुको उपस्थिती रहेको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८१-०८-१६

तालुक प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको च.नं. २८५२, प्रहरी महानिरीक्षकको मिति २०८१/०८/११ गतेको निर्णयानुसार जनपद तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा पदोन्नती हुनुभएका प्रहरी नायब निरीक्षकहरु पूर्ण बहादुर थापा, डिल्ली बहादुर मल्ल र रबिन श्रेष्ठलाई यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१ मंसिर १६ गते दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले बढुवा हुनु भएका प्रहरी नायब निरीक्षकहरुलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै भोलिका दिनमा अझ जिम्मेवारी भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियासिल भई पदिय जवाफदेहिताको लागी राज्य, संगठन र जनता प्रति अनुग्रहित हुदैं कुशलतापूर्वक कार्यसम्पादन गर्न समेत निर्देशन दिनु भएको थियो ।

“Police Leadership and Staff Course” सम्बन्धी Faculty/Subject Expert Discussion Seminar सम्पन्न
२०८१-०८-०७

प्रस्तुत विषयमा मिति २०८१/०८/०७ गते शुक्रबार यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको आयोजनामा बुढानिलकण्ठ नगरपालिका वडा नं. ०१ स्थित Lemon Tree Premier Hotel मा नेपाल प्रहरी स्टाफ कलेजको अवधारणा अन्तर्गतको “Police Leadership and Staff Course” सम्बन्धी Faculty/Subject Expert Discussion Seminar सम्पन्न भएको थियो । उक्त कार्यक्रममा त्रिभुवन विश्‍वविद्यालय, व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माज्यू, सहायक डिनज्यू लगायत अन्य विषय विज्ञ प्राध्यापकज्यूहरु, नेपाली सेनाका अवकाश प्राप्त रथी श्री सरद गिरीज्यू, अवकास प्राप्त प्रहरी महानिरीक्षक श्री शैलेश थापा क्षेत्रीज्यू, प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यू, अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरु, प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यू, अवकास प्राप्त प्रहरी नायव महानिरीक्षकज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू, प्रतिष्ठानका सह-निर्देशकज्यू, उप-निर्देशकज्यू लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा Police Leadership and Staff Course सम्बन्धी विविध बिषयमा प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. डा. मनोज कुमार के.सी.ज्यू, उप-निर्देशक प्र.उ. बेद बिष्टज्यू, प्र.ना.उ. पुरुषोत्तम खड्काज्यू तथा प्र.नि. उमेश गुरुङ्ग श्रेष्ठज्यूले प्रस्तुतिकरण गर्नु भयो र उपस्थित विज्ञज्यूहरुले आ-आफ्नो राय, सुझाव, सल्लाहहरु व्यक्त गर्नु भएको थियो ।   

२. अन्तरक्रिया एवं तालिम समापन कार्यक्रम सम्पन्न
२०८१-०७-१३

मिति २०८१/०७/०७ गते देखि संचालित ६ कार्य दिनको “Virtual TOT on Protection and Promotion of Human Rights (S.O.)” चौथो समूहको अनलाईन तालिम यस प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यमा मिति २०८१/०७/१३ गते समापन भयो । कार्यक्रममा प्रतिष्ठानका निर्देशकज्यू र प्रशिक्षार्थीहरू बीच Virtual माध्यमबाट अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा निर्देशकज्यूबाट दिक्षित भई जाने प्रशिक्षार्थीहरूलाई Virtual माध्यमबाट प्रमाणपत्र- वितरण र अन्तरक्रियाको क्रममा उठेका विषयहरूलाई सम्बोधन गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सान्दर्भिक एवं सारगर्भित निर्देशन समेत दिनु भएको थियो । 

तालिम समापन कार्यक्रम सम्पन्न
२०८१-०७-१३

नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा मिति २०८१/०७/०७ गते देखि सञ्चालित पोलिग्राफ परीक्षक उन्नत (प्र.स.नि. देखि प्र.ना.उ.) तालिम प्रथम समूहको आज मिति २०८१ कार्तिक १३ गते यस प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा.मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा  समापन कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रमा प्रमुख अतिथिज्यूले आज समापन भई जाने प्रशिक्षार्थीहरुलाई प्रमाण प्रत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेज्यूले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

१. “पाठ्यक्रम विकास तालिम” चौथो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८१-०७-१३

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, महाराजगञ्जमा सञ्चालन भएको “पाठ्यक्रम विकास तालिम ” चौथो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम आज मिति २०८१।०७।१३ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण एवं निर्देशन सम्बोधनको क्रममा पाठ्यक्रम निर्माण एवम् वौद्धिक कार्य भएकोले यस तालिमको दौरानमा सिकेका ज्ञान, सिप र कौशललाई पाठ्यक्रम निर्माण गर्दा अनिवार्य अङ्गिकार गर्नु पर्ने कुरा समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकिले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

“आई.जि.पि. रनिङ कप पुरूष भलिबल प्रतियोगिता-२०८१” सम्पन्न
२०८१-०७-१२

नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा मिति २०८१।०७।०७ गतेदेखि ऐ.१२ गतेसम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगञ्जमा सञ्चालन भएको "आई.जि.पि. रनिङ कप पुरुष भलिबल प्रतियोगिता-२०८१" को समापन कार्यक्रम आज मिति २०८१।०७।१२ गते दिउसो १३:०० बजे नेपाल प्रहरी  संगठन प्रमुख एवम् नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न । प्रतियोगितामा सहभागी टिम, प्रायोजक एवं निर्णायकज्यूहरुलाई मायाको चिनो तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलका विजेता टिमलाई मेडल, प्रमाण पत्र, चेक तथा रनिङ्ग कप प्रदानको कार्यक्रम पश्चात निर्देशन सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूले सुरक्षा निकाय जस्तो शारीरिक तथा मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको ठूलो महत्व हुने चर्चा गर्दै विगत देखि नै निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले नेपाल प्रहरीको भलिबल खेलको स्तरलाई सुदृढ तुल्याउनुको साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्द्धनमा समेत ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।  केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाज्यूले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार, नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले विधागत पुरस्कारहरू वितरण गर्नुका साथै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले फाईनल खेलको प्रतियोगितामा द्वितीय हुन सफल टिमलाई मेडल, प्रमाण पत्र, चेक तथा कप प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा कार्यकारी निर्देशकज्यूले प्रमुख अतिथिज्यू लगायत आमन्त्रित सम्पूर्ण अतिथिज्यूहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने खेलकुद कार्यक्रम व्यववस्थापन उप-समितिका समयोजक एवम् नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीले प्रतियोगिता सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रमुख अतिथिज्यूद्वारा AVC International Volleyball Referee सशस्त्र प्रहरी निरीक्षक विजय के.सी.ज्यूलाई बल हस्तान्तरण गरी सञ्चालन गरिएको थियो । फाईनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको टिमले लुम्बिनि प्रदेश प्रहरी कार्यालय, दाङको टिमलाई ३-२ को सेटले पराजित गरी प्रतियोगिताको विजेता बन्न सफल भई रु.१,०१,०००/- नगद पुरस्कार प्राप्त गर्न सफल भएको थियो भने द्वितीय हुने टिम लुम्बिनि प्रदेश प्रहरी कार्यालय, दाङको टिमले रु.५१,०००/- नगद पुरस्कार प्राप्त गरेको थियो ।विधागत पुरस्कारहरू१.     सर्वोत्कृष्ट खेलाडी - प्र.ज. जनकलाल महत्तो (गण्डकी प्र.प्र.का.)२.     म्यान अफ दि म्याच - प्र.ज. विष्णु चितौरे (गण्डकी प्र.प्र.का.)३.     उत्कृष्ट स्पाईकर – प्र.ज. गोपाल थारु (लु.प्र.प्र.का.)४.     उत्कृष्ट ब्लकर - प्र.ज. जनक धामी (गण्डकी प्र.प्र.का.)५.     उत्कृष्ट डिफेन्डर – प्र.ज. जगत प्रसाद जैशी (लु.प्र.प्र.का.)६.     उत्कृष्ट सर्भर – प्र.ज. दिपक गहार (लु.प्र.प्र.का.)७.     उत्कृष्ट सेटर – प्र.ज. विष्णु चितौरे (गण्डकी प्र.प्र.का.)८.     उत्कृष्ट प्रशिक्षक – प्र.ना.नि. सन्तोष सुवेदी (गण्डकी प्र.प्र.का.) ने.प्र.प्र.का. र उपत्यका स्थित प्रहरी कार्यालयहरुका प्र.अ.म.नि.ज्यूहरु, प्र.ना.म.नि. ज्यूहरु, सैनिक शरीरिक तालिम तथा खेलकुद केन्द्र, जंगी अड्डाक प्रमुख महा सेनानी, प्रहरी वरिष्ठ उपरीक्षकहरू, नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक, विभिन्न निकायका अतिथिज्यूहरू, प्रहरी उपरीक्षकज्यूहरू, सशस्त्र प्रहरी बल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षकज्यू, संगित विद्यालयका व्याण्ड टोली, सिनियर प्रहरी अधिकृतज्यू, जुनियर प्रहरी अधिकृत, खेलाडी तथा अन्य प्रहरी कर्मचारीहरु साथै प्रतियोगितामा सहभागी १० टिमको समेत उपस्थिति रहेको थियो ।  

अधिक लोड >>
कम देखाउनुहोस्