प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

प्रवक्ता

---

सम्पर्क नं.  ०१-४५२३४८९

गुनासो सुन्‍ने अधिकारी 

प्र.उ. नवराज कार्की

सम्पर्क ः ९८५१०३७७८८

बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
२०८३-०२-१३

मिति २०८३/०२/१३ गते मित्रराष्ट्र मङ्गोलियामा सम्पन्न “9th Asian Taekwondo Poomsae Championships 2026 (G-4)” मा राष्ट्रको प्रतिनिधित्व गरी पेयर पुम्से ईभेन्टमा ऐतिहासिक रजत पदक हासिल गर्न सफल प्रेम बहादुर लिम्बु र आयशा शाक्य तथा एकल पुम्से ईभन्ट कास्य पदक विजेता र उक्त प्रतियोगितामा सहभागी तेक्वान्दो खेलाडीहरू, “One Run” अन्तर्गत २१ कि.मि. दौड ईभेन्टमा स्वर्ण पदक हासिल गर्न सफल नागेश्‍वर अहिर र सुमित्रा कुमारी चौधरी तथा “बि.पि. कोइराला स्मृति राष्‍ट्रिय कराते च्याम्पियनसिप (Champions of Champions League) प्रतियोगिता” मा ८ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १६ पदक हासिल गरी टिम प्रथम हुनुका साथै प्रतियोगिताको सर्वोकृष्‍ट खेलाडी घोषित हुन सफल एरिका गुरुङ लगायत नेपाल प्रहरीका कराते खेलाडी तथा अफिसियलहरूलाई यस प्रतिष्ठानका कार्यकारी निर्देशकज्यूद्वारा बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न भयो । 

  • १६ पदकसहित नेपाल प्रहरी कराते टिम च्याम्पियन
    २०८३-०२-०९

    नेपाल कराते महासंघको स्वीकृतिअनुसार यल सितोरियो कराते डो मंगलबजार, ललितपुरको आयोजनामा २०८३ जेठ ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको “बि.पि. कोइराला स्मृति राष्ट्रिय कराते च्याम्पियनसिप (Champions of Champions League) प्रतियोगिता–२०८३” मा नेपाल प्रहरी कराते टिमले उत्कृष्ट प्रदर्शन गर्दै ८ स्वर्ण, ३ रजत तथा ५ कास्यसहित कुल १६ पदक जितेर टिम च्याम्पियन बन्न सफल भएको छ।प्रतियोगितामा नेपाल प्रहरीकी खेलाडी एरिका गुरुङ सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी थिइन्। उक्त उपलब्धिप्रति नेपाल प्रहरी कराते टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई हार्दिक बधाई व्यक्त गरिएको छ।

    [ विस्तृतमा ]
  • ललितपुरमा सम्पन्न “One Run” मा सुमित्रा चौधरी र नागेश्वर अहिर प्रथम
    २०८३-०२-०९

    ललितपुर, २०८३ जेठ ९ — NRS Foundation को आयोजनामा ललितपुरमा सम्पन्न “One Run” अन्तर्गत २१ किलोमिटर दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ उत्कृष्ट प्रतिस्पर्धा देखिएको छ।महिला तर्फ सुमित्रा कुमारी चौधरीले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ३० मिनेट ३८ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्न सफल भइन्। उत्कृष्ट प्रदर्शन गर्दै उनले प्रतियोगिताको उपाधि आफ्नो नाममा पारिन्।त्यसैगरी पुरुष तर्फ नागेश्वर अहिरले निर्धारित दूरी १ घण्टा १४ मिनेट २१ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। उनले सुरुदेखि नै उत्कृष्ट गति कायम राख्दै प्रतिस्पर्धामा अग्रता बनाएका थिए।प्रतियोगितामा विजेता बनेका दुवै खेलाडीलाई आयोजकले हार्दिक बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेको छ।

    [ विस्तृतमा ]
  • एशियन तेक्वान्दो पूम्से च्याम्पियनसिपमा नेपाल प्रहरीलाई कास्य
    २०८३-०२-०६

    मित्रराष्ट्र मङ्गोलियाको उलानबातर शहरमा सञ्चालन भइरहेको “9th Asian Taekwondo Poomsae Championships 2026 (G-4)” मा नेपाल प्रहरीका तेक्वान्दो खेलाडी प्रेम बहादुर लिम्बुले ऐतिहासिक कास्य पदक जित्न सफल भएका छन्।मिति २०८३ जेठ ५ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई कास्य पदक दिलाएका हुन्।उनको यस सफलताले नेपाली तेक्वान्दो खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप गौरवान्वित बनाएको छ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८२-१२-२० Invitation for Online Bids (2082/12/30)
कुनै परिणाम भेटिएन...
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, चिनारी भिडियो

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview