ताजा तालिमका गतिविधिहरु
सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
प्रवक्ता
---
सम्पर्क नं. ०१-४५२३४८९
गुनासो सुन्ने अधिकारी
प्र.उ. नवराज कार्की
सम्पर्क ः ९८५१०३७७८८
-
प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम ३९ औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८२-०२-२५राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम ३९ औं समूहको आज मिति २०८२/०२/२५ गते नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिपेन्द्र जि.सी.ज्यूको प्रमूख आतिथ्यतामा तालिमको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी उपरीक्षक नवराज कार्कीले तालिम सम्बन्धि संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
[ विस्तृतमा ] -
"Strategic Command and Management (SCM) (प्र.ना.म.नि./प्र.व.उ.) तालिम" पाचौं समूहको समुद्घाटन कार्यक्रम सम्पन्न
२०८२-०२-२५नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिपेन्द्र जि.सी.ज्यूको प्रमुख आतिथ्यमा आज मिति २०८२/०२/२५ गते यस प्रतिष्ठानमा सञ्चालित Strategic Command and Management (SCM) (प्र.ना.म.नि./प्र.व.उ.) तालिम पाचौं समूहको समुद्घाटन कार्यक्रम सम्पन्न हुनुका साथै तालिम संयोजक समेत रहनु भएका निर्देशकज्यूले तालिम सम्बन्धी संक्षिप्त परिचय (Course Introduction) समेत प्रस्तुत गर्नु भएको थियो ।उद्घाटन कार्यक्रमलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रमुख अतिथिज्यूले नेपाल प्रहरीको रणनीतिक नेतृत्व तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने यस तालिमलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने महत्वपूर्ण जिम्मेवार प्राप्त Centre for Excellence यस प्रतिष्ठानले तालिम पाठ्यक्रमले तोकेको मापदण्डमा रही तालिमलाई पूर्णतया गुणस्तरीय, नतिजामुखी र प्रभावकारी बनाउन हरदम प्रयासरत रहेको साथै प्रशिक्षार्थीहरूलाई यस प्रतिष्ठानको Ground Rules & Regulations भित्र रहेर उच्चतम उत्साहजनक र सहभागीतामुलक तबरले तालिममा सहभागी भई तालिम सफलतापूर्वक सम्पन्न गर्न समेत शुभकामना प्रदान गर्नु भयो ।
[ विस्तृतमा ] -
"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८२-०२-२३नेपाल सरकार गृहमन्त्रालय (माननीय गृहमन्त्रीस्तर) को मिति २०८२/०२/१६ गतेको निर्णयअनुसार र नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७२८७, मिति २०८२/०२/१६ गतेको पत्रले नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्साल, काठमाण्डौमा सरूवा भई जान लाग्नु भएका प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीज्यूलाई आज मिति २०८२/०२/२३ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो ।
[ विस्तृतमा ]
प्रकाशित मिति | शीर्षक | कार्यहरु |
---|---|---|
२०८१-०९-२३ | पुलिस लिडरसिप एण्ड स्टाफ कोर्षको प्रवेश परीक्षामा सहभागिताको लागि उम्मेदवारहरुको प्रारम्भिक नामावली सूची प्रकाशित गरिएको सम्बन्धमा (मिति २०८१।०९।२३ गते) । | |
२०८१-०९-०७ | अनलाईन बोलपत्र आव्हान सम्बन्धी सूचना (२०८१-९-५) |
हाईलाईटहरु
- “विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम” ३४ औं समूहको दीक्षान्त समारोह सम्पन्न
- प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम ३९ औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न
- "Strategic Command and Management (SCM) (प्र.ना.म.नि./प्र.व.उ.) तालिम" पाचौं समूहको समुद्घाटन कार्यक्रम सम्पन्न
- "शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
- संगठन प्रमुखबाट निरीक्षण कार्यक्रम सम्पन्न
- दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
- भीड नियन्त्रण पुनर्ताजगी (प्र.ज. देखि जु.प्र.अ.) तालिम प्रथम समूहको समापन